२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिरामी जाँच्ने चिकित्सकको नाम अगाडि ‘Dr. (med)’ लेख्नेबारे छलफल चलाउँदैं काउन्सिल

बिरामी जाँच्ने चिकित्सकको नाम अगाडि ‘Dr. (med)’ लेख्नेबारे छलफल चलाउँदैं काउन्सिल


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले आधुनिक चिकित्सा विद्या हासिल गरेर बिरामी हेर्ने काउन्सिलमा दर्ता भएका चिकित्सकको नामको अगाडि डा. (मेड) लेख्ने विषयमा छलफल चलाउने भएको छ । काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीकाअनुसार अन्य विभिन्न विषय पढेका व्यक्तिहरुले पनि डा. लेखेका कारण बिरामी झुक्किन थालेपछि काउन्सिलले यो छलफल चलाउन लागेको हो ।

‘जो पायो त्यहीले डाक्टर लेखे । फिजियो थेरापिष्ट, आँखा टेक्नीसियन, रेडियोग्राफर, अल्ट्रासाउण्ड गर्नेले पनि डा. लेखे,’ रजिष्ट्रार डा. अधिकारीले भने, ‘यो नियन्त्रण गर्नका लागि स्वास्थ्य व्यवसायी परिषदलाई हामीले गैर चिकित्सकलाई डा. नलेख्ने अनुरोध गरेका थियौं । तर, सुनुवाई नभएपछि हामीले नै यो छलफल चलाएका हौं ।’ उनले विदेशमा पनि आधुनिक चिकित्सा विद्या अध्ययन गरेका रजिष्टर्ड चिकित्सकहरुले डा. (मेड) लेख्ने चलन रहेको उल्लेख गरे ।

त्यसका लागि काउन्सिलले चिकित्सकहरुलाई सूचना समेत पठाइसकेको छ । ‘उपचार र निदानमा संलग्न स्वास्थ्यकर्मीले आफ्नो नामका अगाडि चिकित्सक वा डाक्टर उपाधी लेखेका कारण उपचार गर्ने चिकित्सक र गैरचिकित्सकको उपाधि प्रयोग तथा नियमनमा अन्योल देखिएकोले बिरामीको उपचारमा संलग्न आधुनिक चिकित्साको चिकित्सकको नामको अगाडि Dr. (med)। लेख्न उपयुक्त हुने र यसका लागि सरोकारवालाहरुसँग थप छलफल समेत चलाउने निर्णय भए बमोजिम यसमा तपाईको रायका लागि अनुरोध गरिएको छ,’ काउन्सिलले चिकित्सकलाई पठाएको सूचनामा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ