२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुस्वास्थ अस्पताल सातौं वर्षमा, प्राकृतिक चिकित्साको विशिष्टीकृत अस्पतालका रुपमा विकास गरिदैं

सुस्वास्थ अस्पताल सातौं वर्षमा, प्राकृतिक चिकित्साको विशिष्टीकृत अस्पतालका रुपमा विकास गरिदैं


काठमाडौं—काठमाडौंको मीनभवनस्थित सुस्वास्थ अस्पताल सातौ वर्षमा प्रवेश गरेको छ । अस्पतालका अध्यक्ष अुकंपञ्चरिष्ट सुदर्शन बस्नेतकाअनुसार ७ वर्षसम्म आइपुग्दा सुस्वास्थ्य अस्पताललाई प्राकृतिक चिकित्साको विशिष्टीकृत अस्पतालमा रुपमा विकास गर्दै लगिएको छ ।

वि.सं. २०७२ माघ १ बाट अस्पताल संचालनमा आएको हो । त्यहीबेलादेखि अस्पतालले हाडजोर्नी र नसा रोगमा विशेष केन्द्रीत रहेर उपचार प्रदान गरिरहेको छ । सुरुवाती वर्षमा वार्षिक ८ सय जना नयाँ बिरामीलाई सेवा दिएको सुस्वास्थ अस्पताल अहिले वार्षिक औसत १ हजार २ सयदेखि १ हजार ३ सय जनासम्म नयाँ बिरामीलाई सेवा दिइरहेको छ ।

‘हामी कहाँ आउने बिरामीमध्ये ८० प्रतिशत बिरामी कम्मर वा गर्धनको नसा च्यापिएको बिरामी छन्,’ बस्नेत भन्छन्, ‘हाम्रो अस्पताल विशेषगरी कम्मर र गर्धनमा नसा च्यापिएको बिना शल्यक्रिया उपचार गर्न केन्द्रीत छ ।’

उनले सुस्वास्थले यसमा सफलता पनि हासिल गरेको जानकारी दिए । ‘हामीले बिना शल्यक्रिया ८५ प्रतिशत बढी बिरामीहरुको सफल उपचार गरेका छौं,’ उनले थपे, ‘हामी नसा च्यापिएको बिरामीको उपचारमा विशेष सफल छौं ।’ नसा च्यापिएको सँगसँगै गर्धन, कम्मर, घुडामा हड्डी खिइएको बिरामीको उपचारमा पनि सुस्वास्थ केन्द्रीत छ । यसबाहेक माइग्रेन र पिनासको उपचार पनि सुस्वास्थमा हुन्छ ।

बस्नेतकाअनुसार अहिले सुस्वास्थ अस्पताल यी सेवाहरुमा विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्न थालिएको छ । उनले सुरुवास्थ अस्पताललाई प्राकृतिक चिकित्साको अग्रणी अस्पतालका रुपमा स्थापित गर्ने आफूहरुको लक्ष्य रहेको बताए । ‘त्यही लक्ष्यअनुसार हामी प्राकृतिक चिकित्सा उपचार पद्धति अकुंपन्चर, फिजियोथेरापीसहितका औषधिबिहीन पद्धतिलाई कम्बाइन रुपमा प्रयोग गर्ने हाम्रो प्रयास छ,’ उनले भने, ‘आफूहरु टिममा विश्वास गर्ने भएकाले सबैको संयुक्त प्रयासबाट सुस्वास्थ अस्पताल अगाडि बढिरहेको छ ।’

बिरामीलाई बढीभन्दा बढी सेवा दिने र निको पार्ने उद्देश्यका साथ अस्पतालले बिरामी पहिलो भन्ने मान्यताका साथ काम गरिरहेको छ । प्राकृतिक पद्धति र पारिवारिक वातावरण रहेको अस्पताल भएकाले बिरामीलाई अस्पताल बसेको महसुस हुँदैन् । यसबाहेक अस्पतालले आहार, बिहार, आराम, शारीरिक अभ्यासलगायतमा स्वास्थ्य शिक्षा सचेतनाका कामहरु पनि गरिरहेको छ । गर्धन र कम्मर दुखाइ, एन्जाइटी, डिप्रेसन, तनावलगायतका कुराहरु कसरी आफै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जनचेतना अभिवृद्धि गर्ने काममा पनि सुस्वास्थ अस्पतालले काम गरिरहेको छ ।

अस्पतालले व्यवसायसँगसँगै वार्षिक रुपमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न ठाएँमा निःशुल्क स्वास्थ्य शिविरहरु पनि संचालन गर्दै आएको छ । ‘अहिलेसम्म हामीले ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरिसकेका छौं,’ बस्नेतले भने, ‘जसबाट हामीले ४ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेका छौं ।’

सातौ वार्षिकोत्सवका अवसरमा पनि सुस्वास्थले दोलखाको कालिन्चोक—९ सुन्द्रावतीमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । ‘शिविरमा ४ सय जना बिरामीलाई निःशुल्क उपचार गर्ने हाम्रो प्रयास छ,’ उनले भने ।




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ