२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशविमान दुर्घटनाका मृतकको पोस्टमार्टमका लागि ५ सदस्सीय टिम

विमान दुर्घटनाका मृतकको पोस्टमार्टमका लागि ५ सदस्सीय टिम

काठमाडौंबाट थप फरेन्सिक विशेषज्ञ बोलाइयो


पोखरा—पोखरामा भएको यति एअरलायन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । सोमबार बिहानै पोस्टमार्टमपछि शव आफन्तको जिम्मा लगाउने जानकारी दिइएको थियो ।

अस्पताल परिसरमा आफन्तको भीड भएपनि पोस्टमार्टम प्रक्रिया सुरु भएको छैन । पहिचान भएकाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाउने भनिएको भएपनि पहिचान नखुलेका शव भने काठमाडौं पठाइने भएको छ ।

यस्तै, विदेशी, चालक दल तथा पोखरामा आफन्त नभएका शवसमेत काठमाडौं पठाइने भएको छ ।

दुर्घटनामा परेका ६८ जनाको शव फेला परेको भएपनि ४ जना अझै बेपत्ता छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरत खत्रीले ५ जनाको टिम बनाएर पोस्टमार्टम गर्न लागिएको जानकारी दिए । उनका अनुसार प्रतिष्ठानकै ३ जना फरेन्सिक विशेषज्ञ र काठमाडौंबाट थप २ जना बोलाइएको छ ।

काठमाडौंबाट डाक्टर आउने बित्तिकै पोस्टमार्टम प्रक्रिया सुरु हुने र शव आफन्तको जिम्मा लगाइने निर्देशक डा. खत्रीले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ