२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयुर्वेद स्वास्थ्य सेवामा उत्कृष्ठ कार्य गर्ने ३ स्वास्थ्यकर्मी पुरस्कृत

आयुर्वेद स्वास्थ्य सेवामा उत्कृष्ठ कार्य गर्ने ३ स्वास्थ्यकर्मी पुरस्कृत


कैलाली -आयुर्वेद स्वास्थ्य सेवामा उत्कृष्ठ कार्य सम्पादन गर्ने ३ जिल्लाका प्रतिनिधिहरुलाई सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालायले आइतबार धनगढीमा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा दार्चुलाका कविराज लोकेन्द्रप्रसाद जोशी, बझाङका वैद्य मीनराज पुरी र झलारीका वरिष्ठ वैद्य दिवाकर जोशी छन् । तीनै जनालाई सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कृत भएका प्रतिनिधिहरुले आगामी दिनमा सेवाप्रति अझ प्रतिवद्ध भई कार्य गर्न प्रोत्साहन भएको बताएका छन् ।

९ वटै जिल्लाका आयूर्वेद स्वास्थ्य संस्थाका प्रतिनिधिहरु सम्मिलित वार्षिक समिक्षा कार्यक्रम धनगढीमा सुरु भएको हो । स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थीको अध्यक्षतामा सञ्चालन भएको समिक्षा कार्यक्रमको उद्घाटन सत्रमा मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेश सरकार र मन्त्रालयले आयुर्वेदलाई उच्च प्राथमिकता दिएको बताए ।

उनले ‘आयुर्वेद चिकित्साप्रति हरेक नागरिकलाई सचेत तथा आकर्षण गराउनु समयको माग भएको छ’ मन्त्री सुवेदीले भने ‘हामीले योग शिक्षालाई विद्यालय तहसम्म लैजादैछौ ।’ उनले प्रदेशसभाबाट आयुर्वेद प्रतिष्ठान विधेयकसमेत पारित भइसकेको बताए ।

स्वास्थ्य निर्देशक डा. अवस्थीले सबै स्वास्थ्यकर्मीहरुले सामूहिक प्रयत्न गरेर प्रदेशको स्वास्थ्य अवस्थालाई सुधारको उच्च विन्दुमा पु¥याउनु पर्नेमा जोड दिए । ‘पैसा अभाव हुन्न तर प्रतिफल भने चाहिन्छ’ उनले भने । कार्यक्रमको उद्घाटन सत्रमा मन्त्रालयमा आयुर्वेद महाशाखा प्रमुख डा. चेतराज जोशीले यस प्रदेशको आयुर्वेद चिकित्साको अवस्था, चुनौति र सम्भावनाहरुबारे प्रस्तुति राखेका थिए ।
‘अहिलेको मानव समाज आयुर्वेद चिकित्सा विज्ञानबाट टाढा रहन सक्ने अवस्थै होइन’ उनले भने ‘त्यही भएर हामीले यो प्रदेशमा यही विधालाई उच्च महत्व दिएका कार्यक्रमहरु अगाडी बढाएका छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ