२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्ति बाल अस्पतालमा थप २ नयाँ टिकट काउन्टर सञ्चालनमा

कान्ति बाल अस्पतालमा थप २ नयाँ टिकट काउन्टर सञ्चालनमा


काठमाडौं –  कान्ति बाल  अस्पतालले दुई वटा नयाँ टिकट काउन्टरबाट सेवा दिन सुरु गरेको छ । अस्पतालमा आउने बिरामीहरूको लाइन कम गर्न र भिडभाड कम गर्ने उद्देश्यले बुधवार एक कार्यक्रम गर्दै उक्त काउन्टरहरू सञ्चालनमा ल्याइएको हो ।

छिट्टै अनलाइनमार्फत पनि टिकट प्राप्त गर्न सकिने योजना बनाइरहेको सुनाउँदै अस्पतालका निर्देशक युवानिधि बसौलाले हाल २ नयाँ टिकट काउन्टरसमेत ६ वटा टिकट काउन्टर सञ्चालनमा रहेको बताए ।

अस्पतालका निर्देशक युवानिधि बसौला र अस्पताल विकास समितिका अध्यक्ष बाबुराम गौतमले उक्त नयाँ दुई काउन्टरको उद्घाटन गरेका थिए । अध्यक्ष गौतमले नयाँ थपिएका टिकट काउन्टरले बिरामीहरूलाई केही सहजता हुने विश्वास राखेको बताए ।

कान्ति बाल अस्पतालमा दैनिक ओपिडीमा ६ सय र इमर्जेन्सीमा एक सयदेखि १५० बिरामी सेवा लिन आउने गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ