२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक

जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर आकाश यादवसहित तीन स्वास्थ्यकर्मीलाई काम गर्न रोक


विराटनगर – विराटनगरस्थित कोसी अस्पतालको इमर्जेन्सीमा उपचार गर्न ल्याएको १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाएको छ ।

अस्पतालले बिहिबार छानविन कमिटि गठन गरेकोले अनुसन्धान नसकिदासम्म डा. यादवसहित अहेब लक्ष्मण माझी र टिका भण्डारीलाई काममा रोक लगाएको हो । उनीहरुलाई स्पष्टीकरण पनि सोधिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।

अस्पतालका बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वको तीन सदस्यी कमिटि बिहीबारनै गठन भइ छानविन सुरु भएको छ । समितिमा अन्य दुई जनामा बालरोग विशेषज्ञ डा. सुर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानविन समिति गठन भएको छ ।

छानविन समितिले सात दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन बुझाउने सूचना अधिकारी नेपालले जानकारी दिए । छानविनबाट चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाही देखिए  कारवाही गरिने उनले बताए ।

बुधबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म डा. यादव र अहेबद्वय माझी र अधिकारीको ड्युटी रहेको थियो ।

बुधबार विहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए ।

डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरि मृत घोषणा गरेपछि बुधबार अस्पताल दिनभरी तनाबग्रस्त बनेको थियो । चिकित्कसकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियूमा राखेर उपचार भइरहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ