२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजुँगुमा निःशुल्क आँखा शिविर

जुँगुमा निःशुल्क आँखा शिविर


दोलखा  – दोलखाको जुँगुमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । गौरीशङ्कर गाउँपालिका वडा नं २ जुँगुमा, गौरीशङ्कर गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ र दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा उक्त शिविर आयोजना गरिएको थियो ।

शिविरमा वडा नं. १ र २ का आँखाका बिरामीहरूले आँखा परीक्षण गराएका थिए । निःशुल्क आँखा शिविरमा १६७ जनाले लाभ लिएको वडा नं. २ का वडाध्यक्ष रोहित बुढाथोकीले जानकारी दिए ।

आँखा शिविर सफल पार्नको लागि स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गौरीशङ्कर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रोहित बुढाथोकी, वडा नं. १ वडाध्यक्ष प्रकाश खड्का र वडा सचिवहरुको महत्त्वपूर्ण भूमिका रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ