२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण 

धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण 


धनगढी-कैलालीस्थित धनगढी उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । विकासका लागि युवा प्रतिबद्धता संस्थाले उप–महानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

विकासका लागि युवा प्रतिबद्धता संस्थाले उप–महानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ अभियानमा’ सहयोगका लागि एम्बुलेन्स हस्तान्तरण गरेको बताएको छ।

संस्थाले सञ्चालन गर्दै आएको से १ च. १२१८ नम्बरको टाटा सुमो २०१५ मोडलको गाडी एम्बुलेन्सका लागि हस्तान्तरण गरेको संस्थाका अध्यक्ष स्माईल चौधरीले बताए।

धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रका १९ वटै वडाका गर्भवती तथा सुत्केरी महिलाका लागि ‘आमा बचाउ अभियान’ सञ्चालन गरेको छ । सबै वडामा एक/एक एम्बुलेन्सको व्यवस्था उप–महानगरपालिकाले गर्दै छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ