२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुर्खेतमा पनि देखियो दादुरा

सुर्खेतमा पनि देखियो दादुरा


सर्खेत – बाँकेमा फैलिएको दादुरा सुर्खेतमा पुगेको छ । सुर्खेतका तीन जनामा दादुरा देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

गुर्भाकोटका नगरपालिका वडा नम्बर ७ का ११ वर्षीय बालिका, चिङ्गाड गाउँपालिकाका ३५ वर्षीय एक जना पुरुष र वीरेन्द्रनगर नगरपालिका ५ का १ वर्षीय बालकमा दादुरा देखिएको निमित्त प्रमुख गणेशभक्त गौतमले बताए ।

दादुरा संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा रहेका २५ जनाको नमुना संकलन गरिएको गौतमले जानकारी दिए । ‘उनीहरुको परीक्षणको नतिजा आउन केही दिन लाग्नेछ ।’ उनले भने ‘अन्य परीक्षण भइरहेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ