२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटन प्याथ ल्याबद्वारा सुगर तथा युरिक एसिड जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पाटन प्याथ ल्याबद्वारा सुगर तथा युरिक एसिड जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


ललितपुर – पाटन प्याथ ल्याब प्रा.लि र वडा स्वास्थ्य कार्यान्वयन समिति ५ को समन्वयमा शनिवार सुगर तथा युरिक एसिड जाँचको एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ललितपुर उपमहानगरपालिकाको  महालक्ष्मी स्थान मन्दिर परिसरमा सम्पन्न उक्त शिविरबाट १५८ जनाले सेवा लिएका थिए ।

उक्त शिविरमा पाटन प्याथ ल्याबकी सञ्चालक बिन्दा शाही देसारले बढ्दो सुगर तथा युरिक एसिडका बिरामीहरूलाई मध्यनजर गर्दै रोग पहिचान गर्न सहज बनाउनको लागि उक्त शिविर सञ्चालन गरेको बताइन् ।

सञ्चालक देसारले ललितपुर जिल्लाको दक्षिणी भेगमा रहेका तथा स्वास्थ्यका पहुँच नभएका वडाहरूमा निः शुल्क शिविर सञ्चालन गर्ने योजना रहेको बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ