२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्वास्थ्य मन्त्रीद्वारा भेरी अस्पतालको डायलिसिस कक्षको उद्घाटन

स्वास्थ्य मन्त्रीद्वारा भेरी अस्पतालको डायलिसिस कक्षको उद्घाटन


नेपालगन्ज – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय पदम गिरी ज्युबाट भेरी अस्पताल नेपालगन्जको निरीक्षणसँगै डायलिसिस कक्षको समुद्घाटन भएको छ ।

अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपूर्ण बनाउने उद्देश्यसहित डायलिसिस सेवालाई  चार सय गुणाले वृद्धि गरिएको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा आइतबार भएको कार्यक्रममा सङ्घीय सांसदहरू माननीय सुर्य ढकाल, डा. धवल शम्शेर राणा र दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट,  स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेल, महानिर्देशक  डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, उप निर्देशक डा.रोशनलाल चौधरीसहित यहाँका राजनीतिक दल, बुद्धिजीवी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराउनुभएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ