२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारढिलो हिड्ने ब्यक्तिमा छिटो बुढ्यौलीपन !

ढिलो हिड्ने ब्यक्तिमा छिटो बुढ्यौलीपन !


तपाई कत्तिको छिट्टो हिड्नुहुन्छ ? ढिलो हिड्नुहुन्छ भने आजैदेखि छिट्टो हिड्नुहोस है । किनकी एक पछिल्लो अध्ययन प्रतिवेदनलाई विश्वास गर्ने हो भने सुस्त गतिमा हिड्ने ब्यक्तिमा छिटो बुढ्यौलीपन देखिन्छ । ढिलो हिड्ने ब्यक्तिको तुलनामा छिटो हिड्ने ब्यक्ति स्वस्थ्य रहने र उनीहरुमा बुढ्यौलीको प्रभाव पनि ढिलो देखिने अध्ययनमा दाबी गरिएको छ ।

४० देखि ४५ वर्षको उमेरमा कुनै पनि ब्यक्ति ढिलो हिडेमा उनीहरुको भविष्यमा देखा पर्ने असरबारे अध्ययन गरिएको थियो । ४० वर्षदेखि ४५ वर्षको उमेरमा ढिलो हिड्ने ब्यक्तिमा छिटो बुढ्यौलीपनका असर देखा पर्ने र उनीहरु अस्वस्थ हुने अध्ययनमा जनाइएको छ । स्कुले विद्यार्थीदेखि बुढ्यौलीपनले नछोएका ब्यक्तिमा सो अध्ययन गरिएको थियो ।

ढिलो हिडाइले ब्यक्तिको शरीरको अधिकांश भाग सक्रिय हुन पाउदैनन । शारीरिक अंग निस्किृय रहेकै कारण ती अंगहरुले गर्नुपर्ने कामहरु पनि राम्ररी गर्न सक्दैनन् र जसकारण शारीरिक गतिविधिको अभावमा विभिन्न रोग तथा समस्याहरु देखा पर्न थाल्दछन् ।

कालान्तारमा गएर यो उनीहरुको असामयिक मृत्युको कारण बन्ने गर्दछ । तर्सथ, साइकोलाजी तथा न्युरोलोजी अनुसन्धानकर्ता लाइन जे.एच रस्मुसेनले ४० –४५ वर्ष समूहका ब्यक्तिहरुलाई फटाफट हिड्न सुझाव समेत दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ