२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमाको विकल्प छैन : स्वास्थ्य मन्त्री गिरी

स्वास्थ्य बिमाको विकल्प छैन : स्वास्थ्य मन्त्री गिरी


काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बिमाको विकल्प नरहेको बताएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्चले नवनियुक्त स्वास्थ्य मन्त्रीलाई स्वागत तथा शुभकामना दिन काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले बिमाको विकल्प नरहेको जनाएका हुन् ।

कार्यक्रममा बोल्दै बिमाबाहेक अरू कुनै पनि माध्यमबाट जनतालाई गुणस्तरीय र निःशुल्क सेवा दिन सकिँदैन उनले भने । त्यस्तै बिमाको गुणस्तर कसरी सुधार गर्ने भन्ने विषयमा पनि आफू अध्ययन गरिरहेको उनले जनाएका छन् । ।

जनचेतनाको कमी, विशेषज्ञसँग उपचार गराउन नसक्ने स्थिति आदि अवस्थालाई हटाउन गुणस्तरीय बिमाको आवश्यक रहेको उनले बताए ।
हाल ३९६ वटा अस्पतालहरू बन्ने क्रममा रहेको बताउँदै स्वास्थ्य पूर्वाधारको विकास गर्ने प्रतिबद्धता पनि जनाए ।
त्यस्तै उनले भ्रष्टाचारमा आफ्नो सहनशीलता शून्य रहेको जनाउँदै कुनै पनि किसिमको भ्रष्टाचार आफूलाई स्वीकार्य नहुने बताएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ