२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबुटवल बजारमा अखाद्य सामानको खुलेआम बिक्री

बुटवल बजारमा अखाद्य सामानको खुलेआम बिक्री


बुटवल–प्रदेश ५ को राजधानीका रुपमा विकास हुँदै गएको बुटवल बजारका केही किराना पसलमा खानै नहुने समानहरु खुलेआम विक्री वितरण हुने गरेको पाइएको छ । बजारमा लेवलिङ नगरिएका सामानहरु खुलम खुल्ला बिक्री भइरहेका हुन् । खुद्रा किरानादेखि होलसेल पसलमा समेत लेवल विनाका सामान खुलेआम बिक्री हुँदा मानवीय स्वास्थयमाथि गंभिर खेलवाड भएको उपभोत्ताको गुनासो छ ।

बुटवल उपमहानगरपालिका उपभोत्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा किराना पसलमा खानै नहुने बस्तु विक्री गरिएको छ ।

बुटवलको ट्राफिक चोकमा रहेको चण्डी किराना पसलबाट लेवल नलगाएका ३० हजार भन्दा बढि मुल्य पर्ने विभिन्न उपभोग्य सामान अनुगमन समितिले जफत गरी नष्ट गरेको छ । पसलबाट काजु, किसमिस, बदाम, ओखर, चना लगाएका सामानहरु लेवल नलगाइ विक्रि गरेको भेटाएपछि नगरपालिकाले त्यसलाई नष्ट गरेको समिति संयोजक गोमादेवी आचार्यले बताइन् ।

समितिले उपभोत्ताको स्वास्थ्यलाई ख्याल गर्दै नियमित रुपमा बजार अनुगमन गर्ने उनको भनाई छ ।‘हामीले उपभोत्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजार अनुगमनलाई तिब्र बनाएका हौँ,’ उनले भनिन, ‘अनुगमन चाडपर्व लक्षित भन्दा पनि नियमित रुपमा नै हुनेछ ।’

अनुगमन समितिले बुटवलको सुख्खानगरमा रहेको अर्घाखाँची मन्सिला किराना पसल, सुख्खानगर मै रहेको पाण्डे ग्याँस सप्लायर्समा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा लेवन विनाका सामानहरु, विल विजक ठिक नभएको समेत भेटिएको छ, ‘उहाँहरुलाई सचेत बनाउने काम पनि हामीले गरेका छौ’ बाणिज्य कार्यालय भैरहवाका प्रमुख रुद्र प्रसाद ज्ञवालीले भने, ‘पहिलो चरणमा सचेत गराउने हो । त्यसपछि कारवाहीको प्रकृया सुरु हुन्छ ।’

अनुगमनका क्रममा जफत गरिएका सामानहरु बुटवल उपमहानगरपालिकाका अनुगमन शाखा प्रमुख टोपलाल शर्मा, उपभोत्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठक, खाद्य कार्यलय भैरहवाका पदमराज भुसाल, गुणस्तर तथा नापतौल कार्यालयका प्रकाश बस्नेत, बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष टंक पराजुली, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक कृष्ण बेलबासेको रोहवरमा नष्ट गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ