२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवन मेडिकल कलेज तोडफोड घटनाको नेपाल चिकित्सक संघद्धारा निन्दा, आन्दोलनको चेतावनी

चितवन मेडिकल कलेज तोडफोड घटनाको नेपाल चिकित्सक संघद्धारा निन्दा, आन्दोलनको चेतावनी


काठमाडौं–नेपाल चिकित्सक संघ (एनएमए) ले चितवन मडिकल कलेजमा भएको घटनाको निन्दा गरेको छ । स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा उपचारको क्रमको भएको मृत्युको घटनालाई अतिरञ्जित गर्दै अस्पताल तोडफोड गर्ने र स्वाथ्यकर्मीमाथि हातपात गरिएको भन्दै संघले घटनाको निन्दा गरेको हो ।

‘चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधिक समूहले लखेटेर शारीरिक हातपात गर्ने, तोडफोड गर्ने जस्ता जघन्य अपराध हुनुले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको र यसबाट उत्पन्न हुने परिस्थितिप्रति चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जिम्मेवार हुन सक्दैनन,’ संघको विज्ञप्तीमा भनिएको छ । मार्फत जनाएको छ ।

अपराधिक क्रियाकलापको विरोध गर्न र नेपाल चिकित्सक संघ चितवन शाखाले अयोजना गर्ने विरोधका कार्यक्रमलाई सशक्त बनाउन समेत संघले चितवनका चिकित्सकहरुलाई अपिल गरेको छ ।

आइतबार उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । नाकको समस्याको उपचारका लागि अस्पताल ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ