२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविशिष्टीकृत र विशेषज्ञ आँखा सेवा स्वास्थ्य विमार्फत प्रदान गर्ने तयारी

विशिष्टीकृत र विशेषज्ञ आँखा सेवा स्वास्थ्य विमार्फत प्रदान गर्ने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत उच्चस्तरीय आँखा स्वास्थ्य समिति गठन गरिने


काठमाडौं—विशिष्टीकृत र विशेषज्ञ आँखा सेवा स्वास्थ्य विमामार्फत प्रदान गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति, २०७९—०८६ मा आँखा स्वास्थ्य सेवा स्वास्थ्य विमामार्फत प्रदान गर्ने उल्लेख छ ।

रणनीतिमा हरेक वर्ष विद्यालयमा दृष्टि परीक्षण गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत उच्चस्तरीय आँखा स्वास्थ्य समिति गठन गरेर नीति, योजना तथा अनुगमन महाशाखालाई राष्ट्रिय सम्पर्क बिन्दु तोकिने जनाइएको छ ।

३ माघमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै आँखा स्वास्थ्य रणनीति, २०७९—०८६ स्वीकृत गरेका हुन् । आँखाको स्वास्थ्य सेवालाई समुदायसम्म विस्तार गर्ने उद्देश्यका साथ ल्याइएको उक्त रणनीतिमा स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई प्राथमिक आँखा सेवा सम्बन्धि तालिम प्रदान गर्ने, स्थानीय तहमै सेवा प्रवाहका लागि आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।

यसैगरी, आधारभूत अस्पतालमा नेत्र सहायकको दरबन्दी सिर्जना गर्ने, २५ देखि ५० शैय्यासम्मका जनरल अस्पतालमा अप्टोमेट्रिष्टको सिर्जना गरी दोष, न्युनदृष्टि र आँखा सहायक सामाग्रीलगायतका सेवा प्रवाह गरिने, १०० शैय्या वा सोभन्दा माथिका अस्पतालबाट विशेषज्ञ र विशिष्टीकृत सेवाका लागि आवश्यक दरबन्दी सिर्जना र थप गर्ने र देशभरका आँखा स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको सन्जाललाई थप व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सबै सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्ने पनि रणनीतिमा उल्लेख छ ।

आँखा स्वास्थ्य सेवामा सरकारको लगानी वृद्धि गर्ने, गुणस्तरीय आँखा सेवाका सुनिश्चित गर्न अनुगमन तथा नियमनका लागि आवश्यक मापदण्ड, निर्देशिका र कार्यविधी विकास गरेर कार्यन्वयन गर्ने, आँखा स्वास्थ्य सेवाको अभिलेख र प्रतिवेदनहरुलाई स्वासथ्य व्यवस्थापन सूचना प्रणालीमा एकीकृत गर्ने, भुगोल र जनसंख्याका आधारमा आँखा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न गैरसकारी र निजी क्षेत्रसँग साझेदारी गर्ने, न्यून दृष्टि र दृष्टिविहीन लक्षित जीवन सहयोगी कार्यक्रम संचालन गर्ने, जेष्ठ नागरिकको नियमित आँखा परीक्षण गरेर उपचारको व्यवस्था गर्ने र स्थानीय तहका स्वास्थ्य शाखा/महाशाखा र विभागमार्फत आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरिने रणनीतिमा छ ।

‘स्वस्थ आँखा, सुन्दर समाज’ भन्ने सोचका साथ ल्याइएको रणनीतिमा गुणस्तरीय आँखा स्वास्थ्य सेवामा नागरिकको समतामूलक र सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

आँखा स्वास्थ्य सेवालाई मूल स्वास्थ्य सेवासँग एकीकृत गर्दै सेवाको पहुँच समुदायस्तरमा विस्तार गर्नु, सरकारको नेतृत्वदायी भूमिकामार्फत आँखा स्वास्थ्य सेवालाई थप गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउनु र जनसहभागितामार्फत प्रर्वद्र्धनात्मक, प्रतिकारात्मक पुनस्थापनात्मक आँखा सेवालाई कोही पनि नछुटुन भन्ने अवधारणाअनुरुप समुदायस्तरमा पु¥याउने उद्देश्य राखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ