२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगाडी चलाइरहेका बेला घनश्याम भुसाल बेहोस, सिभिलमा उपचार हुँदैं

गाडी चलाइरहेका बेला घनश्याम भुसाल बेहोस, सिभिलमा उपचार हुँदैं


काठमाडौं—नेकपा एकीकृत समाजवादीका नेता तथा वामपन्थी चिन्तक घनश्याम भुसाल गाडी चलाएर पार्टी कार्यलय गइरहेका बेला अचानक बेहोस भएका छन् ।

शुक्रबार विहान चालकलाई छेउमा राखेर गाडी चलाइरहेका बेला भुसाल अचानक बेहोस भएका हुन् । भुसाल बेहोस भएपछि गाडी भित्तामा ठोक्किएर चालक सामान्य घाइते भएका छन् । ‘उहाँको सामान्य ट्रमा केस हो,’ अस्पतालमा कार्यकारी डा. विधाननिधी पौडेलले भने ।

बेहोस भएपछि उनलाई सिभिल अस्पतालको इमर्जेन्सीमा पु¥याइएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । उनको होस भने अस्पताल लैजाने क्रममा बाटैमा खुलिसकेको थियो ।

अहिले चिकित्सकहरुले सिटी स्क्यान गरेर भुसालको अवस्थाबारे थप इन्भेष्टीगेसन गरिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ