२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर जबराको निधन

नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर जबराको निधन


काठमाडौं—नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय समशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनको आइतबार बिहान निधन भएको हो ।

उनको केही साताअघिदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार जारी राखिएको अस्पतालले जनाएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएको थियो ।

‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छन् ।

स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्त हुँदा उनको उमेर मात्र २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् ।

उनले ९५ वर्षको उमेरमा समेत २ वटा किताब प्रकाशनको तयारी गरिरहेका थिए । स्वर्गीय राणाका २ छोरा र २ छोरी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ