२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघ निर्वाचन मतगणना : भेरीमा डा. अनिलविक्रम अगाडि, कसलाई कति मत ?

नेपाल चिकित्सक संघ निर्वाचन मतगणना : भेरीमा डा. अनिलविक्रम अगाडि, कसलाई कति मत ?


काठमाडौं—नेपाल मेडिकल एशोसिएसन (एनएमए)को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ । आइतबार दिउँसोबाट सुरु भएको मतगणनाको प्रारम्भिक विवरणअनुसार भेरीबाट मतगणना सुरु गरिएको हो ।

भेरीमा १९७ मत गणना हुँदा अध्यक्षका उम्मेदवारहरु डा. अनिलविक्रम कार्कीले १०२, डा. सन्तोष पौडेलले ८३ र डा. शिवजी सिलवालले ९ भोट पाएका छन् ।

त्यसैगरी महासचिवमा डा. सन्जीव तिवारीले ८२ मत पाएका छन् भने डा. अमृत भुसालले ७६ मत र डा. रक्षा श्रेष्ठ ४१ मत पाएकी छन् ।
उपाध्यक्षतर्फ मधेश प्रदेशमा डा. अजयकुमार मिश्रले ४६, डा. महेश महासेठ ३३ र डा. निरज कुमार सिंहले ९२ मत पाएका छन् ।

बागमती प्रदेशको उपाध्यक्षतर्फ डा. प्रकाश बुढाथोकीले १०६ मत पाएका छन् भने डा. संजयकुमार ठाकुरले ५८ मत प्राप्त गरेका छन् ।
गण्डकी प्रदेश उपाध्यक्षमा डा. रन्जन शर्माले १२० र डा. विकास गौचनले ६० मत प्राप्त गरेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशको उपाध्यक्षतर्फ डा. प्रशान्त भट्टले १४९, डा. निरज अर्यालले ३७ भोट ल्याएका छन् ।

सदस्यहरुमा
डा. स्मृति महत १६४
डा. किशोर खत्री १५१
डा. तेज्युसिंह मल्ल ९५
डा. अभियान गौतम ९०
डा. सृजना विष्ट ८२
डा. पदम नेपाली ७८
डा. चेतन बस्नेत ६५
डा. अमित रन्जन मिश्र ६४
डा. युभिनकुमार यादव ६२
डा. मोहम्मद अनामुल हक ५०
डा. मनोर दिन सैयद ४९
डा. रमेश श्रेष्ठ ४५
डा. रामकृष्ण आचार्य ४०
डा. सुरेन्द्र यादव २९


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ