२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघ निर्वाचन मतगणना : डा. अनिलविक्रमको अग्रता, कसलाई कति मत ?

नेपाल चिकित्सक संघ निर्वाचन मतगणना : डा. अनिलविक्रमको अग्रता, कसलाई कति मत ?


काठमाडौं—नेपाल मेडिकल एशोसिएसन (एनएमए)को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतगणना जारी छ । आइतबार दिउँसोबाट सुरु भएको मतगणनाको पछिल्ला विवरणअनुसार अध्यक्षमा डा. अनिलविक्रम कार्कीले अग्रता लिएका छन् ।

पछिल्लो परिणामअनुसार डा. कार्कीले ४९९ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । यस्तै, डा. सन्तोष पौडेलले १८५ र डा. शिवजी सिलवालले २५ भोट पाएका छन् ।

त्यसैगरी, महासचिवमा डा. सन्जीव तिवारीले ३५६ मत पाएका छन् भने डा. रक्षा श्रेष्ठ १६२ मत ल्याएकी छन् । डा. अमृत भुसालले १६९ मत पाएका छन् ।

उपाध्यक्षतर्फ मधेश प्रदेशमा डा. निरजकुमार सिंह ३९९ मत ल्याएका छन् । यस्तै, डा. अजयकुमार मिश्रले १४२ र डा. महेश महासेठ १०७ मत पाएका छन् ।

बागमती प्रदेशको उपाध्यक्षतर्फ डा. प्रकाश बुढाथोकीले ४६७ मत पाएका छन् भने डा. संजयकुमार ठाकुरले १९१ मत प्राप्त गरेका छन् ।
गण्डकी प्रदेश उपाध्यक्षमा डा. रन्जन शर्माले ४९८ र डा. विकास गौचनले १९४ मत प्राप्त गरेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशको उपाध्यक्षतर्फ डा. प्रशान्त भट्टले ३४९, डा. निरज अर्यालले १२८ भोट ल्याएका छन् ।

सदस्यहरुमा
डा. अभियान गौतम १८७
डा. अमित रन्जन मिश्र ४०८
डा. चेतन बस्नेत १७४
डा. किशोर क्षेत्री ४४५
डा. मनोर दिन सैयद २८८
डा. मोहम्मद अनमुल हक ११५
डा. पदम नेपाली ३०८
डा. रमेश श्रेष्ठ १३७
डा. रामकृष्ण आचार्य ११८
डा. स्मृति महत ३२५
डा. सिर्जना विष्ट ४३४
डा. सुरेन्द्र यादव ९७
डा. तेज्सुसिंह मल्ल ४२८
डा. योभिनकुमार यादव ३२०


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ