२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज संचालनको बाटो खुल्यो

पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज संचालनको बाटो खुल्यो

कोशी अस्पताललाई शिक्षण अस्पतालका लागि प्रयोग गर्ने


विराटनगर—मोरङको सुन्दरहरैचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको लागि शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न कोशी अस्पताल दिइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारअन्तर्गत रहेको कोशी अस्पताल पूर्वाञ्चल विश्वविद्यालयलाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकको यो निर्णयसँगै पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्ने बाटो खुलेको हो । मेडिकल कलेज सञ्चालनका लागि चिकित्सा शिक्षा ऐनमा तीन वर्षदेखि सञ्चालन हुँदै आएको ३ सय शैय्याको अस्पताल हुनुपर्ने मापदण्ड छ ।

पूर्वाञ्चल विश्व विद्यालयसँग पर्याप्त पूर्वाधार भएपनि आफ्नै हस्पिटल थिएन् । मन्त्रिपरिषद्को बैठकबाट कोशी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न अनुमति पाएपछि विश्वविद्यालयलाई मेडिकल कलेज संचालनका लागि सहज भएको उपकुलपति प्रा. डा. यादवराज कोइरालाले बताए ।

अब त्रिपक्षीय सम्झौतापछि मेडिकल कलेज संचालनको काम अगाडि बढ्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र पूर्वाञ्चल विश्व विद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर शिक्षक दरबन्दी खुलाउने उपकुलपति डा. कोइरालाले बताए ।

‘एमबीबीएको लागि भवन तयार छ । शिक्षक दरबन्दी खुलाएर अर्को सालबाट एमबीबीएसको पठनपाठन गर्ने गरी अगाडि बढ्छौं,’ उनले भने । एमबीबीएसको पाठ्यक्रम र भौतिक पूर्वाधार बनिसकेको र पुस्तकालयसमेत अपडेट गरिसकेको उनले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ