२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटर्कीमा हिमपात र वर्षाले उद्धार कार्य कठिन : ५ हजारको मृत्यु

टर्कीमा हिमपात र वर्षाले उद्धार कार्य कठिन : ५ हजारको मृत्यु


टर्कीमा भइरहेको लगातार वर्ष र हिमपातका कारण भुकम्पमा परेकाको उद्धार गर्न कठिन भइरहेको छ । टर्कीको मौसमका कारण सोमबार बिहान गएको विनाशकारी भुकम्पमा परेकाहरुको उद्धार गर्न गाह्रो भएको हो ।

भूकम्पमा टर्की र सिरियाको सीमा क्षेत्रमा ५ हजारभन्दा बढीको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी घाइते भएका छन् । त्यस्तै उद्धारकर्ताहरू भने भारी वर्षा र हिउँसँग लडेर उद्धार गरिरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले उद्धारकर्ताहरूले थप पीडित फेला पारिरहेकाले मृत्यु सङ्ख्या नाटकीय रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।
सोमबार रात परेपनि उद्धार कर्ताहरु उज्यालो पार्ने बत्तीहरू सहित अडाना शहरमा भारी मेसिनरीहरूको मद्धत लिएर भत्किएका भवनहरू र कंक्रीटका ठूला स्ल्याबहरू खोतल्दै रातभर काम गरेका थिए ।

अडाना घरबारविहीनहरूले भरिएको छ – जसले आफ्नो घर गुमाएका छन् र अरूहरू पनि फर्कन परकम्पहरूबाट डराउँछन् ।
कोही जुत्ता, कोट र फोन चार्जर बिना नै घर छोडेर बाहिरिएका छन् भने यो हप्ताको अन्त्यमा चिसो झनै बढ्ने अनुमान पनि गरिएको छ ।

मंगलबार बिहान, भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको टर्की शहर मारास जाने मुख्य राजमार्गमा यातायात ठप्प थियो ।
राष्ट्रिय रूपमा, ४७०० भन्दा बढी ध्वस्त भवनहरूबाट ८००० मानिसहरूलाई उद्धार गरिएको टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणले आफ्नो पछिल्लो विज्ञप्तिमा जनाएको छ ।

परकम्पहरू जारी रहँदा, केही क्षेत्रमा उद्धारकर्ताहरू आफ्ना खाली हातले भग्नावशेष खन्ने क्रममा छन् । तर चिसो अवस्थाले खोजी कार्यमा बाधा पु¥याइरहेको छ ।

बिबिसीबाट भावानुवाद


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ