२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने

गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने


काठमाडौं—सरकारले प्रस्तावित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने तयारी गरेको छ । आइतबार सुदूरपश्चिमका अगुवा नेता, विज्ञहरुको टोलीसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी क्याबिनेट बैठकबाटै आफूले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गराउने बताएका छन् ।

नेकपा एमालेका सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको उच्च राजनीति नेतृत्व र विज्ञहरुको टोली गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रस्ताव लिएर प्रधानमन्त्री कहाँ गएको बताए ।

‘हामीले गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह ग¥यौं,’ भट्टले भने, ‘उहाँले आगामी क्याबिनेट बैठकबाट आफूले शहीद दशरथ चन्द राष्ट्रिय स्वासथ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गर्ने बताउनुभयो । हामीले धन्यवाद दियौं ।’

‘यो सुदूरपश्चिम र नेपालकै लागि गर्व र खुसीको कुरा हो । नेपालमा आजसम्म पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा, विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा गर्ने विश्वास लिएका छौं,’ सुदूरपश्चिमका पूर्व तथा वहालवाला जनप्रतिनिधी, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्य सचिव र शिक्षा तथा स्वास्थ्य सचिवहरुसँग छलफलमा दाहालले भनेका थिए ।

नेता भट्टकाअनुसार प्रधानमन्त्री दाहालको भोलि हुने सुदूरपश्चिम भ्रमणका क्रममा सम्भतः उनले गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने घोषणा गर्नेछन् ।

कैलालीको गेटास्थित प्रस्तावित गेटा मेडिकल कलेज भौतिक पूर्वाधार बनेको लामो समय बितिसक्दा पनि कानुन अभावका कारण संचालनमा आउन सकेको छैन ।

सुदूरपश्चिमका स्थानीयहरुले गेटालाई विश्वविद्यालयका रुपमा विकास गर्न माग गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ