२०८१ असोज २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीको ठाडो आदेशमा स्थगित न्याम्सको स्नातकोत्तर तहको प्रवेश परीक्षा ९ कात्तिकमा

स्वास्थ्यमन्त्रीको ठाडो आदेशमा स्थगित न्याम्सको स्नातकोत्तर तहको प्रवेश परीक्षा ९ कात्तिकमा


काठमाडौं—उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको ठाडो निर्देशनमा स्थगित भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को स्नातकोत्तर तहको प्रवेश परीक्षा ९ कात्तिकमा हुने भएको छ ।

प्रतिष्ठानले सोमबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयको पत्रका कारण स्थगित गरिएको एमडी/एमएस/एमडीएसको प्रवेश परीक्षा ९ कात्तिकमा सञ्चालन गर्ने जनाएको हो ।

यसअघि उक्त परीक्षा २ कात्तिकका लागि तय भएको थियो । तर, अन्तिम समयमा मन्त्री यादवको ठाडो आदेशमा प्रवेश परीक्षा स्थगित गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ