२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि विदेश लैजान अस्पतालको आग्रह

सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि विदेश लैजान अस्पतालको आग्रह


काठमाडौं—कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालले ग्यास विस्फोटबाट घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमा हिराकला भण्डारीलाई थप उपचारका लागि देशबाहिरको सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ ।

बिहीबार विहान अस्पतालका निर्देशक र जलन उपचार विभागकी प्रमुख डा. निरज ताम्राकार र डा. किरण नकर्मीले एक विज्ञप्ती जारी गर्दै हालको स्रोत साधनका अवस्थाले नेपालमा सहज उपचार हुन सक्ने नदेखिएकाले सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको हो ।

अस्पतालकाअनुसार भण्डारीकी आमाको जिउको अधिकांश गरी ७० प्रतिशत जलन भएको र सांसद भण्डारीको अनुहार, हात र दुवै गोडा गरी २५—३० प्रतिशत जलन भएको उल्लेख छ । दुवै जनाको श्वास नलीमा तातो हावा र धुँवाको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना भएको अस्पतालले जनाएको छ ।

सांसद भण्डारी र उनकी आमा हिराकला बुधबार राति ९ बजे घरमै ग्याँस विस्फोट हुँदा गम्भीर घाइते भएका थिए । घाइते भएलगतै उनलाई मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो ।

त्यहाँ राति १०ः३० बजे कीर्तिपुर अस्पताल ल्याइएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ