२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनियमित मादक पदार्थ सेवन गर्नेभन्दा कहिलेकाही पिउनेलाई स्वास्थ्यमा असर

नियमित मादक पदार्थ सेवन गर्नेभन्दा कहिलेकाही पिउनेलाई स्वास्थ्यमा असर


के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ ? कि कहिलेकाही विशेष अवसरमा मात्र पिउनुहुन्छ ? यदि तपाई कहिलेकाहीँ पिउनुहुन्छ र धेरै पिउनुहुन्छ भने तपाईंलाई अन्य पियक्कडलाई भन्दा स्वास्थ्यमा बढी असर गर्छ । युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी युरोपेस’ले यस्तो जानकारी दिएको हो ।

अध्ययनका अनुसन्धानकर्ता तथा कोरियाली विश्वविद्यालयका डा जोङ द्वितीय चोइले मादक पदार्थको सेवनको मात्रा र नियमिततालाई केन्द्रित गरेर अध्ययन गरिएको जानकारी दिए । मादक पदार्थ थोरै तर नियमित सेवन गर्नेभन्दा कहिले काही धेरै सेवन गर्नेलाई बढी असर गर्ने गरेको पाइएको अध्ययनले देखाएको उनले बताए ।

अनियमित सेवनले मुटुमा धेरै असर गरेर मुटुसम्वन्धी समस्याहरू बढी समस्या देखिएको उनले बताए । उनका अनुसार अनियमितताले मुटुको धडकन बढ्ने, नाडीको रफ्तारलाई बढाउने, स्याँ स्याँ हुने, धेरै थकाई लाग्ने, छाती दुख्ने र चक्कर लाग्नेजस्ता समस्या देखिन्छन् ।
अध्ययनकर्ताहरुले यो सर्वेक्षणमा ९७ लाख ७६ हजार ९ सय ५६ जनालाई सहभागी गराएका थिए । सन् २००९ देखि सुरु भएको अध्ययन सन् २०१७ सम्म चलेको थियो ।

मानिसलाई गर्ने क्षतिमा मादक पदार्थको कुल मात्रा वा मादक पदार्थ सेवनको कुल सङ्ख्यामध्ये कुन कुराले मुख्य भूमिका खेल्छ भन्ने दावी गर्न नसकिने अध्ययनको बिश्लेषण छ ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ