२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढीमा ५ करोडको लागतमा अक्सिजन ग्यास उद्योग सञ्चालन

धनगढीमा ५ करोडको लागतमा अक्सिजन ग्यास उद्योग सञ्चालन


धनगढी–धनगढी पुनारो भन्सार रोडमा अक्सिजन ग्यास उद्योग सञ्चालनमा आएको छ। झण्डै ५ करोडको लागतमा मालिका अक्सिनज ग्यास उद्योग धनगढीमा सञ्चालनमा आएको हो। व्यवसायी हिक्मत शाहले अक्सिजन ग्यास उद्योग सञ्चालनमा ल्याएका हुन्। सुदूरपश्चिम प्रदेशमै पहिलो पटक धनगढीमा अक्सिजन ग्यास उद्योग सञ्चालन गरिएका शाहको दावी छ।

’दैनिक दुई सय सिलिन्डर उत्पादन गर्ने उद्योगको क्षमता छ,’ सञ्चालक शाहले भने, ’भविष्यमा उत्पादन क्षमता क्रमशः वृद्धि गदै लैजानेछौं।’ दमका बिरामी, आईसीयूमा राखिएका बिरामी तथा निर्माण कार्यमा अक्सिजन ग्याँसको प्रयोग हुने उनले बताए। ‘सुदूर पहाडमा झोलुङगे पुल निर्माण भईरहेका छन्, एउटै पुलको योजनामा दैनिक पाँच सिलिन्डर अक्सिजन आवश्यक हुने गरेको छ, भारतबाट अक्सिजन सिलिन्डर ल्याउन पनि समस्या भएपछि धनगढीमै उद्योग सञ्चालन गरेको हु।’ शाहले भने।

धनगढीको पुनारो भन्सार रोडमा अक्सिजन ग्याँस उद्योग सञ्चालनका लागि १० महिना सम्म अध्ययन गरिएको शाहले बताए। भारतबाट उपकरण खरिदका लागि ६ महिना लागको उनले बताए। उपकरण खरिद, संरचना निर्माणका लागि पाँच महिना समय खर्च भएको थियो।

उद्योगबाट उत्पादन भएको अक्सिजन बजारमा पठाउन सुरु भईसकेको छ। ’अहिलेको उत्पादनले सुदूरपश्चिममा मागको १५ प्रतिशत धान्ने देखिएको छ, प्रदेशमा मासिक तीन हजार अक्सिजन ग्याँस सिलिन्डर आवश्यक पर्छ’ उनले भने ।

शाहका अनुसार उद्योग सञ्चालनका लागि कुनै निकायको पनि अनुदान सहयोग छैन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ