२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके हो बालबालिकालाई अकस्मात पक्षघात गराउने एएफएम ?

के हो बालबालिकालाई अकस्मात पक्षघात गराउने एएफएम ?


न्युर्योकका चार वर्षीय बालका लुका वागलाई डरलाग्दो लक्षण देखियो । अकस्मात उनको गर्धन कमजोर भयो र उनी पछाडि ढले । उनको दाँया पाखुरा चलेन । केही दिनमा उनलाई टाउकोदेखि खुट्टासम्म पक्षघात भयो । चिकित्सक समेत रहेकी बालककी आमा डा. रिले बोभका अनुसार बालकले बिस्तारै आँखा घुमाउथे र एकातिरको अनुहार हल्का चलाउँथे ।

चिकित्सकहरुले लुकालाई एक्युड फ्लासिड माईलिटिस अर्थात एएफएमको उपचार गरे । यो एउटा रहस्यमय न्युरोलोजिकल अवस्था हो, जसले खुट्टालगायत शरिरका सबै अंगलाई शिथिल बनाउछ । पोलियोको जस्तो यो पक्षघातबाट अमेरिकामा पछिल्लो समयमा धेरै बालबालिका पीडित छन् । एएफएम एउट दुर्लभ रोग भएपनि पछिल्लो पाँच वर्षमा ६०० जना यसबाट पीडित छन् ।

के कारणले एएफएम गर्छ भन्ने बिषयमा विज्ञहरु पनि अलमलमा छन, जसका कारण यो रोग लाग्नबाट जोगाउन चिकित्सकहरुले गरेका विभिन्न प्रयास बिफल भएका छन् ।

तर, पछिल्लो पटक चिकित्सकहरुको समूहले यो रोग लाग्नुको कारणबारे एउटा बलियो प्रमाण भेटाएको छ । अध्ययन समूहमा लुकाकै आमा डा. बोभ समेत छिन् । अनुसन्धानमा लुकालगायत एएफएमबाट पीडित बालबालिको अवस्थाबारे अध्ययन गरिएको छ । ती सबै बालबालिकलाई अस्पतालमा उपचार गरेपछि उनको अवस्था सुधार आएको तर, पाँच वर्षबपछि अशक्त बनेका थिए ।

सोमबार जर्नल नेचर मेडिसियनमा प्रकाशित अनुसन्धान प्रतिबेदनले लामो समयदेखि आशंका गरिएको इन्टेरोभाईरसलाई एएफएमको मुख्य कारण बताएको छ । इन्टेरोभाईरस कमन भाईरसको एउटा समूह हो जसले मझौला खालको अशर गर्छ तर, कहिलेकाही स्नायुसम्बन्धी लक्षण देखिन्छ । अत्याधुनिक ल्याबरोटेरी प्रविधि प्रयोग गरेर अनुसन्धानकर्ताहरुले एएफएम भएका ७० प्रतिशत बालबालिकामा एन्डिबोडिजदेखि इन्टेरोभाईरस पाएका थिए ।

सान फ्रान्सिस्कोको युनिर्भसिटी अफ क्यालिफोर्नियाका अनुसधानकर्ताहरुले अध्ययन गरेका बालबालिकामध्ये ७ प्रतिशतमा इन्टेरोभाईरस एन्टिबोडिजसँगै स्नायुसम्बन्धि समस्या देखिएको थियो ।

उनीहरुको अध्ययनले हालसालै भएको अर्को अध्ययनलाई पनि समर्थन गरेको छ, जसअनुसार कोलम्बिया युनिर्भसिटीका अनुसन्धानकर्ताले स्पाईनल फ्लुडमा पनि इन्टेरोभाईरस भएको पाएका थिए ।

‘अनुसन्धानले एएफएमबारेमा थप बुझ्न सहयोग गरेको छ,’ अध्ययन टोलीका सदस्य तथा नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोकका डा अभिन्द्र नाथले भने ।

-न्युर्योकटाइम्सबाट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ