२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी कलेजले पनि पढाउन पाउने भए एमबिबिएस र बिडिएस

यी कलेजले पनि पढाउन पाउने भए एमबिबिएस र बिडिएस


बुटवल– नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरुका लागि निर्धारण गरेको नयाँ सीट अनुसार यस क्षेत्रका तीन वटा मेडिकल कलेजहरुले कोटा प्राप्त गरेका छन् । चिकित्सा शिक्षा आयोगको आग्रहमा काउन्सिलले विभिन्न कलेजमा कोटा छुट्टाएकोमा यस क्षेत्रका तीनवटा कलेजका लागि पनि कोटा निर्धारण भएको हो । पाल्पाको लुम्बिनी मेडिकल कलेज, नेपालगंजको नेपालगञ्ज मेडिकल कलेज र रुपन्देहीको देवदह मेडिकल कलेजका लागि कोटा निर्धारण गरिएको छ ।

काउन्सिलले एमबिबिएस र बिडिएसका लागि यो शैक्षिक सत्रको सिट तोकेको हो । जस अन्तरगत लुम्बिनी मेडिकल कलेजमा एमबिबिएसका लागि १ सय सीट छुट्टाइएको छ । त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा पनि एमबिबिएस अध्ययनका लागि १ सय सीट र देवदह मेडिकल कलेज, रुपन्देहीका लागि पनि एमबिबिएसका लागि ५० कोटा निर्धारण गरिएको छ ।

काउन्सिलले आयोगको आग्रह अनुसार काठमाडौं विश्वविद्यालय र सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कलेजहरुका लागि सिट तोकेको हो । काउन्सिलका अनुसार एमबिबिएस तर्फ बढीमा १०० र बिडिएस तर्फ ५० सिट तोकिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएसका लागि १ सय र बिडिएसका लागि ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसका लागि ६५, स्कुल अफ मेडिसिन धुलिखेलका लागि एमबिबिएसमा ८५ तथा बिडिएस ५०,नोबेल मेडिकल कलेजमा एमबिबिएसका लागि १०० र बिडिएस ३५ काटो निर्धारण गरिएको छ ।

त्यस्तै, विराट मेडिकल कलेजमा एमबिबिएस्का लागि ७५,काठमाडौं मेडिकल कलेजमा एमबिबिएसका लागि १ सय र बिडिएसका लागि ५०, नेपाल मेडिकल कलेजमा एमबिबिएस का लागि १ सय र बिडिएस ५०, कलेज अफ मेडिकल साइन्सेसमा एमबिबिएसका लागि १ सय र बिडिएसका लागि ५० सीट निर्धारण गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ