२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुई सय विरामीका मोतिविन्दुको निःशुल्क शल्यक्रिया

दुई सय विरामीका मोतिविन्दुको निःशुल्क शल्यक्रिया


कैलाली-कैलालीको भजनी नगरपालिकामा आँखाको दुई सय विरामीका मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । उनीहरुको आँखामा लेन्स प्रत्यारोपण गरेर पुनः दृष्टि प्रदान गरिएको छ । नेपाल नेत्रज्योति संघ र गेंटा आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन गरेर मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।

फ्रेड हलोज फाउन्डेशनको सहयोगमा कार्तिक १ देखि ३ गतेसम्म महोन्याल माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा ७५९ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ५५८ जना आँखाका रोगीको निःशुल्क उपचार गरिएको गेंटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए । उनले आफ्नो घर आँगनमै उपचार पाएपछि विरामीहरु खुशी भएको उल्लेख गरे ।

गेटा आँखा अस्पतालका निर्देशक एवम् वरिष्ठ नेत्र विशेषज्ञ डा. सुरेशराज पन्तको नेतृत्वमा सञ्चालित शिविरमा १३ जनाको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो । भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले उद्घाटन गरेको शिविर सञ्चालनमा नेपाल रेडक्रस उपशाखा भजनी र जुनियर रेडक्रसका विद्यार्थीले सहयोग गरेका थिए ।

गेटा आँखा अस्पतालले भजनी नगरपालिकासंग सहकार्य गरेर हरेक वर्ष सो नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । अस्पतालले प्रदेशको विभिन्न स्थानमा पनि शिविर सञ्चालन गर्ने गरेको छ । गतवर्ष प्रदेशभरि ६१ वटा शिविर सञ्चालन गरेर ३४ हजार ९४६ जनालाई आँखा उपचार सेवा प्रदान गरेको थियो । जसमध्ये पाँच हजार ६२४ जनाको निःशुल्क शल्यक्रिया गरेको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ