२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपानीबिना औषधीको चक्की निल्दा के हुन्छ ?

पानीबिना औषधीको चक्की निल्दा के हुन्छ ?


काठमाडौं । सामान्यतः औषधीको चक्की पानीसँगै खाइन्छ । पानीसँगै औषधीको चक्की निल्न सहज पनि हुन्छ । तर, धेरैले कहीलेकाहीं पानीबिना नै औषधी चक्की निल्छन् । स्वास्थ्यका हिसाबले यो हानीकारक पनि हुन सक्छ । पानी नखाई औषधीको चक्की निल्दा घाँटीको अन्ननली एसोफगस (अन्ननली )मा अड्कीएर जलन तथा दुखाई हुने जस्ता समस्या आउन सक्छ ।

यसले एसोफगसको तन्तुमा नै हानी पु¥याएर डिहाईड्रेसन र अल्सर जस्ता थप जटिलताहरू निम्त्याउन सक्छ । तसर्थ, यस्ता अनावश्यक जटिलताबाट टाढा रहनका लागि पनि औषधी सेवन गर्दा पानी पिउनु उत्तम हुन्छ ।

औषधी खाँदा रोग अनुसार डाक्टरको सल्लाहमा मात्र खानुपर्छ । सामान्यतः औषधी खाँदा केहि समयको अन्तरमा खानुपर्छ । प्रायः औषधीहरु सँगै खानु हुँदैन । दुई ओटा औषधी सँगै खाँदा प्रतिक्रिया भई त्यसको साइड इफेक्ट हुने अधिक सम्भावना हुन्छ । त्यसैले एउटा औषधी खाएको १५÷२० मिनेटपछि मात्र अर्को औषधी खानु राम्रो हुन्छ ।

त्यस्तै औषधी खाने बित्तिकै सुतिहाल्नु पनि हुँदैन । औषधी खाने बित्तिकै सुत्नु भनेको खाना खाने बित्तिकै सुत्नु जस्तै हो । सुत्नुभन्दा कम्तिमा १५/२० मिनेट अघि मात्र औषधी खानु राम्रो हुन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ