२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअतिरिक्त रकम तत्काल फिर्ता गर्न र परीक्षा तालिका एकमहिना पछि सार्न मेडिकल कलेजका विद्यार्थीको माग

अतिरिक्त रकम तत्काल फिर्ता गर्न र परीक्षा तालिका एकमहिना पछि सार्न मेडिकल कलेजका विद्यार्थीको माग


काठमाडौं । मेडिकल कलेजहरुले अबैध रुपमा असुलेको अतिरिक्त रकम फिर्ता गर्न र परीक्षणको समय तालिका मिलाउन विभिन्न कलेजका विद्यार्थीले इन्स्टिच्युट अफ मेडिसियन (आईओएम) का डीनलाई अनुरोध गरेका छन् ।

देशका प्रायः मेडिकल कलेजले विगत लामो समयदेखि सारकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्न्दै चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज पोखरा, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा र नेसनल मेडिकल कलेज वीरगन्जमा अध्ययन गर्ने विद्यार्थीले अबैध रुपमा लिइएको शुल्क फिर्ता गर्न माग गरेका हुन् ।

त्रिभुवन चिकित्साशास्त्र अध्ययन संस्थानले अतिरिक्त शुल्क असुल्न मेडिकल कलेजलाई बारम्बार सूचना जारी गरे पनि सम्बन्धित कलेजले फिर्ता नगरेपछि विद्यार्थीहरु आन्दोलित बनेको विद्यार्थीले डिनलाई लेखेको पत्रमा उल्लेख छ ।

शिक्षामन्त्री स्तरबाट अबैध असुली गरेको रकम फिर्ता गर्न निर्देशन दिएको समेत विद्यार्थीहरुले स्मरण गराएका छन् । त्रिवि अन्र्तगतका सबै मेडिकल कलेजले अबैध रुपमा असुलेको रकम फिर्ता गर्नका लागि संस्थानले निर्णायक पहल गर्न विद्यार्थीले माग गरेका छन् ।

आन्दोलनका क्रममा विद्यार्थीहरुको पठनपाठन अबरुद्ध भएकोले यसै शैक्षिक सत्रका लागि स्नातक तहका सबै कार्यक्रमको पहिलो र दोस्रो वर्ष , बीडीएस अन्तिम बर्ष, बिएस्सी नसिङ तेस्रो बर्ष तथा बीएमआईटी तेस्रो र चौथो वर्षको बोर्ड परीक्षा शैक्षिक क्यालेन्डर परिवर्तन नगर्ने गरि एक महिनापछि सार्न विद्यार्थीले अनुरोध गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ