२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिन देखिन्छ शरीरमा निलो डाम ?

किन देखिन्छ शरीरमा निलो डाम ?


डा.उदय सिंह, जनरल फिजिसियन

नारायणी अस्पताल,वीरगन्ज

ब्यक्तिको शरीरको विभिन्न भागमा कहिलेकाँही निलो चिन्ह देखापर्छ । मेडिकल भाषामा  यसलाई ‘ब्लू स्पट’ भनिन्छ ।  छाम्दा दुख्ने उक्त चिन्हलाई नेपाली समाजमा काला जादूको प्रभाव वा अन्य कुसस्कारसँग समेत जोडिएको पाईन्छ । तर, निलो चिन्हलाई कुसस्कारसँग जोड्नु गलत हो ।

हाम्रो शरीरमा भएका रगत विभिन्न कोषिकासंगै प्लेटेट्सहरु मिलेर बनेको हुन्छ । र, रगतमा  तीनै प्लेटेट्सहरुमा कहिलेकाँही डिसअर्डरहरु देखा पर्ने हुन्छ । त्यसमध्ये ‘आइपीडी डिसअर्डर’ एक साझा रो पनि एक हो । यस अवस्थामा ब्यक्तिको शरीरमा भएको रगत केही न केही माध्यमबाट रक्तश्राव हुने हुन्छ । लडेर होस् या चोटपटक लागेर वा नाकबाट बगेर ।

जुनसुकै कारणले भएपनि शरीरबाट रक्तश्राव भएको खण्डमा रगतमा प्लेटेट्सको मात्रा कमी हुन गई उक्त नीलो चिन्ह देखा पर्ने हुन्छ । यस अर्थमा, शरीरमा देखा पर्ने नीलो चिन्ह कुनै काला जादुको नतिजा नभई शरीरको रगतमा प्लेटेट्सको कमी भएको अवस्था हो । जसकारण रगत एकै ठाउँमा जम्मा भई बस्ने हुदा छालामाथिबाट जमेको उक्त रगत नीलो देखिन जान्छ ।

उपचार तथा रोकथाम

छालामा यस्ता नीलो चिन्ह देख्ना साथ सर्वप्रथम हामीले ब्यक्तिको रगतमा आएको गडबढी भन्ने बुझ्नु पर्छ । शरीरमा प्लेट्लेट्सको कमी हुनाले ब्यक्तिमा थकान महशुस हुने र शारीरिक उर्जा नहुनेजस्ता समस्या देखा पर्दछ । त्यसैले रगतमा देखा पर्ने यस्ता गडबढीहरुबाट बच्नको  निम्ति हामीले निम्न उपायहरु अपाउनु पर्दछ ः

 

–             झोलजन्य पदार्थ र खाना प्रशस्त मात्रामा खाने

–             आराम लिने

–             खेलकुदबाट केही समयको लागि टाढै रहने

–             ज्यानलाई भार पर्ने काम नगर्ने

–             फलफुल र हरियो तरकारीको सेवन बढी गर्ने ।

 

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ