२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसी कात्तिक १८ गतेदेखि अनशन बस्ने

डा. गोविन्द केसी कात्तिक १८ गतेदेखि अनशन बस्ने


काठमाडौं—चिकित्सा शिक्षा सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसी १८ कात्तिकदेखि अनशनमा बस्ने भएका छन् । यसअघि विभिन्न ६ वटा माग राखी १३ कात्तिकदेखि अनशन बस्ने घोषणा गरेका डा. केसीले तिहार र छठलाई मध्यनजर गर्दै १८ कात्तिकदेखि अनशन बस्ने घोषणा गरेका हुन् ।

साथै, डा. केसीले बिहीबार वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दैं शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुमाथि भएको धरपकडको पनि भत्र्सना गरेका छन् । ‘शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरी आक्रमण गराएको छ,’ डा केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भत्र्सना गर्दछौं ।’

डा. केसीले त्यत्रो आक्रमण हुँदा पनि प्रहरीले कुनै झमेला र तोडफोड नभएको भनेर दिएको गैर जिम्मेवार अभिव्यक्तिले प्रहरी प्रशासनको अपराधीहरुसँग साँगगाँठ देखाउन दाबी गरेका छन् ।

उनले सरकारले दिएको अल्टिमेटममा अवैध रुपमा असुलिएको शुल्क विद्यार्थीलाई फिर्ता नगर्ने मेडिकल कलेजका सञ्चालकलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारवाही गर्न समेत माग गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ