२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेशनल मेडिकल कलेजका विद्यार्थीमाथि भएको आक्रमणको चौतर्फी विरोध

नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि भएको आक्रमणको चौतर्फी विरोध


काठमाडौं—अवैद्य रुपमा असुल गरिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत वीरगन्जस्थित नेशनल मेडिकल कलेजका विद्यार्थीहरुमाथि ब्यवस्थापनले गरेको आक्रमण र कुटपिटको चौतर्फी विरोध सुरु भएको छ ।

युवा चिकित्सक संघले विभिन्न समय नेपालका मेडिकल कलेजका सञ्चालकहरुबाट त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक, मानसिकलगायतका विभिन्न शोषण हुने गरेको उल्लेख गर्दै तोकेको भन्दा बढी शुल्क फिर्ताको माग गर्ने विद्यार्थीमाथि कलेज ब्यवस्थापनले गरेको कुटपिटको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेको छ । संघले यस विषयमा छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारवाही गरेको छ ।

सोसाइटी अफ मेडिकल स्टुडेन्ट्स नेपालले नियोजित आक्रमण गरिएको भन्दैं शुक्रबार ४ बजे माइतीघर मण्डलामा भेला हुन अनुरोध गरेको छ । उसले त्यहीबाट थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

यस्तै गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले कुटपिटको विरुद्धमा ऐक्यवद्धता जनाउँदैं दिउँसो ¥याली निकाल्ने भएका छन् ।

सामाजिक सन्जालमा पनि मेडिकल कलेज ब्यवस्थापनबाट विद्यार्थीहरुमाथि भएको कुटपिट तथा आक्रमणको विरोध भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ