२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ वर्षको प्रयासपछि जसको सफल अनुहार प्रत्यारोपण भयो

६ वर्षको प्रयासपछि जसको सफल अनुहार प्रत्यारोपण भयो


अफ्रिकी मूलका एक अमेरिकीको हालै सफलतापूर्वक अनुहार प्रत्यारोपण भएको छ । तर, प्रत्यारोपणको कथा निकै लामो छ । प्रत्यारोपणका लागि आफ्नो अनुहारसँग मिल्ने छाला पाउन ६८ बर्षीय रोबर्ट चेल्सीले लामो संघर्ष गर्नु परेको थियो । ६ वर्षसम्म त उनले आफ्नो अनुहार प्रत्यारोपणका लागि उपर्युक्त दाता नै पाएनन् । अनुहार प्रत्यारोपणका लागि उनले भोगेको संघर्षले प्रत्यारोपणमा कति चुनौती झेल्नुपर्छ भन्ने बिषयलाई उजागर गर्छ ।

सन् २०१८ मा अनुहार प्रत्यारोपणका लागि चिकित्सकले दिएको सुझाब उनले अस्वीकार गरे । दाताको छाला रोर्बटको भन्दा सेतो थियो र उनी पूर्ण रुपमा भिन्न हुन चाहन्नथे । अन्ततः उनले सन् २०१९ मा प्रत्यारोपणका लागि नयाँ अनुहार पाए ।

प्रत्यारोपणमै हुन्छ बिभेद
रोबर्टउनको अनुहार प्रत्यारोपणसँगै प्रत्यारोपण पक्रियामा गोरा र कालामा हुने जातीय विभेदलाई पनि उजागर गरेको छ । किनकी श्वेत हुन वा अश्वेत सकरभर बिरामीले आफ्नो अनुहारको रंग भन्दा फरक छाला प्रत्यारोपण गर्न रुची देखाउदैनन् । अश्वेतको मृत्युदर अन्यको भन्दा उच्च भए पनि अश्वेत बिरामीको अंग प्रत्यारोपण अन्यको भन्दा अझ जटिल छ । उनीहरुको छालासँग डोनरको छाला मिलाउन कठिन हुने भएकोले प्रत्यारोपणमा बारम्बार झन्झट सामना गर्नपरेको विज्ञहरु बताउछन् । त्यसो त रोबर्ट अनुहार प्रत्यारोपण गर्ने अफ्रिकी मुलका पहिलो अमेरिकी हुन् ।

दाताप्रति आभारी छु
अनुहार प्रत्यारोपणपछि रोबर्ट दाताप्रति निकै आभारी छन् । ‘यस्तो बहुमुल्य उपहार दान गर्न चाहने दाता र उसको परिबारलाई भगवानले ठूलो आर्शिबाद दिउन । मलाई दोस्रो पटक जीवन दान दिनेप्रति म निकै आभारी छु ।’ रोर्बट भन्छन् ।

‘मलाई अनुहार दिने दातालाई म कुनै शब्दले बर्णन गर्न सक्दिन । यस्तो महान उपहार पाउदा म दाताप्रति निकै आभारी छु,’ रोबर्ट भन्छन् । अनुहार प्रत्यारोपणका लागि दान दिने व्यक्ति निकै दुर्लभ हुन्छन् । प्रत्यारोपणका लागि दान पाउनेमा चेल्सी पहिलो र एकमात्र आश्वेत बिरामी हुन् ।

यसरी जल्यो अनुहार

सन् २०१३ मा उनी लस एन्जलसको एउटा सडकमा आफ्नो अत्यधिक तातेको कार चिस्याउदै थिए । त्यसैबेला मदिरा सेवन गरेका एक ट्रक चालकले कारलाई पल्टाइदिन्छन र चेल्सीको कारमा तत्कालै आगो लाग्छ । उनको आधा भन्दा बढी शरिर आगोले डढेको थियो ।  अनुहारको ६० प्रतिशत भन्दा बढी भाग जलेको र ओठ, नाक, कानलगायतका अंग गुमाए पनि उनी आफ्नो स्वरुपप्रति निर्भिक थिए । रगत र अक्सिजन अभावमा उनको ओठ, नाक र औलाका तन्तुहरु मर्न थाले । शरिरमा छाला टास्न युनिर्भसिटी अफ क्यालिफोर्नियाको इर्भिङ मेडिकल सेन्टरमा उनले १८ ओटा शल्यक्रिया गरे र आगोले ड्यामेज भएका शरिरका कतिपय अंगको उपचार गरे । पहिलो चार महिना उनी कहिले होसमा आउथे त केहीले बेहोस । रोर्बटको हातको छाला ढाक्न शबको छाला समेत प्रयोग गरिएको थियो ।

जल्नुअघि पत्नीसँग रोबर्ट । तस्बिरः डेलीमेल

पीडैपीडा
रोबर्ट साढे दुई वर्ष त अस्पतालमा नै बसे । आगोको ज्वालाले उनको अनुहारको छाला नै बांगो भएको थियो । ओठ डढेर ङिच्च दाँत बाहिर निस्किएका थिए, बायाँतर्फको उनको नाकको भाग थिएन, निदार तथा गालाभरी दागैदाग । शारिरिक पीडा त कति हो कति । अझ आफ्नो बिग्रएको अनुहार ऐनामा हेर्दा झनै चोट लाग्दथ्यो मनमा । तर पनि हरेश खाएनन् ।
सन् २०१९ मा रोर्बटलाई एउटा फोन आयो । एक दाताले अनुहार दान गर्न राजी भए । दाताको छाला रोबर्टको जस्तै थियो ।

सोही बर्षको जुलाईमा २५ जना डाक्टर र नर्सले १६ घन्टा लामो शल्यक्रिया गरेर रोबर्टलार्ई नयाँ अनुहार दिन सफल भए । ‘छाला रोबर्ट अनुहारसँग म्याच भएको छ र क्रमिक सुधार भइरहेको छ,’ उनको उपचारमा संलग्न डा. बोन्डाह पोमाह भन्छन् ।

शल्यक्रियापछि रोबर्टको नयाँ अनुहार रक्त प्रबाह भएको छ । निधारनजिकै रौ पलाएका छन् । जे होस सफल अनुहार प्रत्यारोपणपछि उनी दंग छन र फेरी पनि भन्छन, ‘दाताप्रति आभारी छु ।’

–डेलीमेलको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ