२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिकलाङ्ग बच्चा जन्मेपछि डाक्टर निलम्बित

बिकलाङ्ग बच्चा जन्मेपछि डाक्टर निलम्बित


नाक, आँखा र टाउकोबिनाको बच्चाको जन्म भएपछि पोर्चुगलमा एक प्रसुतीसम्बन्धि डाक्टर निलम्बित भएका छन् । लापरबाही गरेको आरोप लागेपछि त्यहाँको मेडिकल काउन्सिलका अधिकारीहरूले डाक्टर आर्तर कारभालोलाई निलम्बन गरेका हुन् ।

के भएको थियो शिशुलाई ?
राजधानी लिज्बनबाट ४० किलोमिटर दक्षिणमा रहेको एक अस्पतालमा ७ अक्टोबरमा बिकलाङ्ग शिशुको जन्म भएको थियो । उनकी आमा गर्भवती भएको बेला डा. कारभालोको निजि क्लिनिकमा तीन पटकसम्म अल्ट्रासाउण्ड गराए पनि उनले बच्चाको स्वास्थ्यबारे कुनै जानकारी दिएका थिएनन् ।

त्यसपछि उनले ६ महिनाको गर्भवती हुँदा चौथोपटक अर्कै क्लिनिकमा उच्चस्तरको ‘फाइभ डी’ अल्ट्रासाउण्ड गराएकी थिइन् । उक्त जाँचमा बच्चामा केही दुर्बलता हुनसक्ने विषय उठाइए पनि डाक्टर कारभालोले त्यति ठूलो समस्या नभएको बताएका थिए । उनले कतिपय अवस्थामा बच्चाको अनुहार आमाको कोखमा टाँसिने भएकोले अल्ट्रासाउण्डमा उनीहरूको अनुहार नदेखिने भनेका थिए ।

असामान्य स्वास्थ्य अवस्थासहित शिशु जन्मिने स्पष्ट भएपछि जन्मेको केही घन्टा मात्रै उनी बाँच्ने बताइएको थियो । यद्यपी, दुई साता बढी भइसक्दा पनि अस्पतालको हेरचाहमा शिशु भने जीवितै छन् । शिशुका आमाबुवाले पोर्चुगलको अभियोजनकर्ताको कार्यालयमा डाक्टर कारभालोविरुद्ध उजुरी दिएको बताइएको छ ।

उजुरी नै उजुरी
पछिल्लो घटना सार्बजनिक भएसँगै बच्चाहरूको उपचारमा डा कारभालले गरेका लापरबाहीबारे एक दशकभन्दा अघिदेखि उजुरी परेको खुलासा भएको छ । सन् २०१३ देखि नै उनीविरुद्ध कम्तिमा ६ वटा उजुरी परेको पाइएको छ । त्यहाँका सञ्चारमाध्यमले पेस गरेका त्यस्ता उजुरीको विवरणले मानिसहरु आक्रोशित भएका छन् ।

–एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ