२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिराहामा निःशुल्क स्वास्थ्य शिविर

सिराहामा निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं–काठमाडौ मोडल कलेका पूर्व विद्यार्थी संघको आयोजनामा रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँगको सहकार्यमा आयोजित उक्त निःशुल्क स्वास्थ्य शिविरमा शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर तथा पाटन अस्पतालका चिकित्सकहरुको सहभागीता थियो । शिविरमा बिरामीको निशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरबाट सिराहा जिल्लाका मुटुरोगीहरुले स्वास्थ्य लाभ लिएका छन् । शिविरबाट करिब चार सय बिरामीले प्रत्यक्ष लाभ लिएको आयोजक संस्थाका अध्यक्ष डा.अच्युत शाली घिमिरेले जानकारी दिए । शिविर गरेर असक्त, बालवृद्ध,विपन्न, पहुँच नभएका व्यक्तिको स्वास्थ्य उपचार गराउन पाउदा धेरै खुशी लागेको डा. घिमिरेले बताए । यस अघि पनि कोशी टापु, सुनसरी, धादिङ, मुगु र अन्य विकट जिल्लाहरुमा निःशुल्क स्वास्थ्यग उनले बताए ।

शिविरमा ६० जनाको ईको र दुई सयको ईसिजी गरिएको छ । शिबिरमा मुटु रोग विशेषज्ञ डा.राजेश कुमार शाह, डा.संजय कुमार शाह, डा.कविता घिमिरे, डा.आशिष कडारिया, डा.अञ्जनी कुमार शाहको प्रत्यक्ष चेकजाचँबाट बिरामी लाभान्वित भएका छन्।

केएमसी बागबजारबाट प्लस टु अध्ययन सकेर देश विदेशमा रहेका पन्ध्रहजार भन्दा बढी दक्ष डाक्टर, इन्जिनियर, सिए आदिको छाता संघ रहेको आयोजक संस्थाले भविष्यमा समेत समाजलाई टेवा पुग्ने अनुकरणीय कार्यमा सधै अग्रसर रहने बताएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ