२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिन कोही मानिस रिसाहा र आक्रमक हुन्छन ?

किन कोही मानिस रिसाहा र आक्रमक हुन्छन ?


हरेक ब्यक्तिका आ–आफ्ना गुण हुन्छन् । कोही हँसिलो हुन्छन भने कोही प्रायः रिसाईरहने । त्यस्तै, कुनै व्यक्ति लजालु हुन्छन भने कसैले आफ्नो मनमा लागेका कुरा सिधै भन्दिछन । हामीले आफ्नो ठाउँअनुकुल व्यवहार गर्नुपर्ने भएकाले वरपरको वातावरण, ब्यक्ति वा परिस्थितिअनुसार व्यक्तिको स्वभाव पनि फरक हुन्छ ।

कुनै ब्यक्ति आक्रमक हुँदा ऊ आफूले अरुलाई पनि हानि पु¥याएको हुन्छ । आखिर मानिस किन रिसाहा र आक्रमक हुन्छन् ? विश्व स्वास्थ्य संगठनले आक्रमक व्यक्तिको व्यवहारलाई यसरी ब्याख्या गरेको छ, ‘यो यस्तो प्रकारको शक्ति हो, जहाँ व्यक्तिले स्वयंम् आफू र अन्यलाई हानी हुने काम गर्छ, जसका कारण सामान्यदेखि देखि ठुला घटना घट्छन ।’

अन्र्तराष्ट्रिय स्तरमा गरिएको एक अध्ययनले मानिसको आक्रमक व्यवहारबाट मृत्यु हुनेहरुको तथ्यांक निकालेको थियो । आक्रमक ब्याबहारका कारण सन् १९९० मा १० लाख १३ हजार र सन् २०१३ मा १० लाख २८ हजारको मृत्यु भएको थियो ।

आक्रोश हटाउन निम्ति उपाय अपनाउन सकिन्छः
– आफ्नो व्यवहारलाई राम्ररी नियाल्ने
– सर्वप्रथम आफूलाई बदल्नु पर्छ भन्ने सोच विकास गर्ने
– सकरात्मक सोच राख्ने
– आफूलाई रिस उठ्ने ब्यक्ति तथा परिस्थिति बिर्सने
– व्यस्त रहने
– कुनै मनपर्ने वा नजिकका ब्यक्तिसंग कुराकानी गर्ने
– रमाईला फिल्म तथा भिडियो हेर्ने
– योगा तथा ध्यान गर्ने
– सम्बन्धित चिकित्सको परामर्श लिने


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ