२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमिठाइ खाँदा स्वच्छतामा ध्यान दिऔं

मिठाइ खाँदा स्वच्छतामा ध्यान दिऔं


डा. अरुणा उप्रेती

सकेसम्म मिठाइ नखानु नै राम्रो हुन्छ । कहिल्यै खाँदै नखानु सबैका लागि व्यवहारिक नहुन पनि सक्छ । त्यसैले खानै परेमा रंग नहालिएको मिठाई मात्र खानुपर्छ ।

केशर प्रयोग गरिएको मिठाइ हानीकारक नहुने भए पनि अन्य अखाद्य रंग प्रयोग भएको मिठाइ खानु हुँदैन । इरान, अफगानिस्तान, काश्मिर जस्ता केही ठाउँहरुमा मिठाईमा मात्र राखिने एक प्रकारको प्राकृतिक रंग हुन्छ । यो किलोको ५ लाखसम्म पर्ने हुँदा व्यापारीले यसको सट्टामा अखाद्य रंग प्रयोग गर्छन ।

चाडपर्वको समयमा मिठाईको माग बढ्ने भएकाले व्यापारीले अखाद्य पदार्थ मिसाउछन् । यस्ता अखाद्य रंगको असर आज वा भोलि नै देखिँदैन । तर, पछि गएर त्यसले स्वास्थ्यमा असर गर्छ । नियमितजसो मिठाइ खानेहरुमा मोटोपन बढ्ने र रगतमा चिनीको मात्रा वृद्धि हुन्छ ।

व्यापारीहरुले एक पटक प्रायोग गरेको तेल बारम्बार प्रयोग गर्ने गर्छन् । धेरै पटक एउटै तेलमा खानेकुरा पकाउँदा त्यसयमा विषालु तत्व बन्छ, जसले क्यान्सर समेत हुन सक्छ । त्यसैले सकिन्छ भने मीठाई घरमै बनाएर खानु राम्रो हुन्छ । खिर, जेरी, सेलरोटी जस्ता मिठाई धेरैले घरमै बनाउन सकिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ