२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवन मेडिकल कलेज तोडफोडको घटनामा पक्राउ परेका ११ जनाले ११ लाख क्षतिपूर्ति तिरे

चितवन मेडिकल कलेज तोडफोडको घटनामा पक्राउ परेका ११ जनाले ११ लाख क्षतिपूर्ति तिरे


भरतपुर –२ कात्तिकमा नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड गर्ने ११ जनाले ११ लाख क्षतिपूर्ति तिरेका छन् । ३ कात्तिकमा कलेजको किटानी जाहेरीमा पक्राउ परेका ११ जनाले १/१ लाख क्षतिपूर्ति कलेजलाई तिरेका हुन् ।

तोडफोडमा संलग्न भएको भन्दैं ११ जनालाई कलेजको किटानी जाहेरीका आधारमा ३ कात्तिकमा प्रहरी पक्राउ गरेको थियो । उनीहरुको अनुहार चिनिने गरी तोडफोडका क्रममा रेकर्ड भएको भिडियो पनि भाइरल बनेको थियो । सोही फुटेजसहित कलेजले किटानी दिएपछि प्रहरीले ११ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

लगतै, कलेजले तोडफोडका क्रममा १४ लाख बराबरको क्षति भएको भन्दैं क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यलय चितवनमा उजुरी गरेको थियो । उक्त उजुरीपछि प्रहरी अनुसन्धानमा ११ लाख बराबरको क्षति भएको देखिएपिछ प्रमुख जिल्ला अधिकारीसहितको रोहवरमा उनीहरुले १/१ लाख क्षतिपूर्ति तिरेका हुन् ।

चितवन प्रहरील चलाएको अभद्र ब्यवहार सम्बन्धी मुद्धा भने उनीहरुले ५५ हजार धरौटी तिरेका छन् । धरौटी तिरेपछि उनीहरु आइतबारै रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत उनीहरुको मुद्धा चलिरहेको र अभियोग पुष्टि भएमा १ वर्ष जेल सजाय र १० हजार जरिवाना तिर्नुपर्ने बताए ।

काउन्सिलको अनुसन्धानपछि मृतकको पोष्टमार्टम

उपचारका क्रममा बिरामीको मृत्युपछि आन्दोलन र आर्थिक लेनदेन हुने गरेको भन्ने चर्चा पछिल्लो समय सर्वत्र सुनिन्छ । चितवन मेडिकल कलेजले भने उपचारका क्रममा बिरामीको मृत्युको घटनामा छानविनका लागि सरोकारवाला निकाय नेपाल मेडिकल काउन्सिलको टिमलाई छानविनका लागि बोलाएको थियो ।

कलेजले निष्पक्ष छानविनका लागि काउन्सिललाई पत्र लेखेपछि काउन्सिलका सदस्य कालुसिंह खत्री नेतृत्वमा चार सदस्सीय टोली बिरामी मृत्युबारेमा छानविन गर्न चितवन मेडिकल कलेजमा पुगेको थियो ।

काउन्सिलको रोहवरमा शुक्रबार मृतक आशाको पोष्टमार्टम गरिएको छ । उक्त पोष्टमार्टमपछि शव आफन्तहरुले बुझेका छन् । मेडिकल कलेजले काउन्सिलको टिमले अनुसन्धानपछि दिने प्रतिवेदनका आधारमा आफूहरु अगाडि बढ्ने बताए ।

२ कातिकमा नाक समस्याको उपचारका लागि ल्याइएकी आशाको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले कलेजको गेटसहित अस्पतालमा पनि तोडफोड गरेर क्षति पुर्याएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ