२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुस्कुराउने व्यक्ति हुन्छन स्वस्थ्य र दीर्घायु

मुस्कुराउने व्यक्ति हुन्छन स्वस्थ्य र दीर्घायु


मुस्कानले ब्यक्तिलाई बाहिरी रुपमा मात्रै नभई भित्री रुपमा पनि उत्तिकै फाइदा पु¥याउँछ । मुस्कुराउने व्यक्ति स्वस्थ र दीर्घायु हुने विभिन्न अध्ययनले देखाएका छन् । मुस्कुराउँदाका अनेकौ फाइदा छन् । तथापि जन्मजात प्राप्त यो गुण मानिसको उमेरसँगै घट्दै जान्छ ।

एक अध्ययनका अनुसार तुलनात्मक रुपमा कुनै पनि बालक दैनिक ४ सय पटक भन्दा बढी मुस्कुराउछ, जबकी वयस्क ब्यक्ति एक दिनमा २० देखि ६० पटक मात्रै ।

मुस्कुराउदा ब्यक्तिको मुड फ्रेस हुनुको साथै उसको ब्यक्तित्वमा पनि प्रभाव पार्छ । एक अध्ययनका अनुसार मुस्कुराइरहने ब्यक्तिमा अन्यमा भन्दा सक्षमता र शिष्टताको गुण बढी हुन्छ । यसबाहेक मुस्कुराउनुका फाईदा यस्ता छन्ः

– उक्त रक्तचाप नियन्त्रण
– सहन सक्ने क्षमतामा वृद्धि
– पीडा घटाउन मद्दत
– चिन्ता नियन्त्रण
– रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि ।

तपाईं पनि मुस्कुराइ रहन चाहनुहुन्छ भने आफ्नो दिनको शुरुवात मुस्कानबाट नै गर्नुपर्छ । जब हामी हाँस्छौ तब हाम्रो मस्तिष्कमा रहेको न्यूरस नामक स्नायु तेज हुन्छ र सिन्क्रोनाइज फिचर पनि सक्रीय हुन्छ, जसले हामीलाई दिनभर फूर्तिलो बनाईराख्छ ।

तपाईंको एक मुस्कानले तपाइ मात्र नभई तपाईंसँग जोडिएका र तपाइका वरपर रहेका अन्य ब्यक्तिहरुको मुहारमा समेत मुस्कान ल्याउन सफल पार्छ । त्यसैले जति सक्दो मुस्कुराउने प्रयास गर्नुहोस् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ