२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार उनको स्वास्थ्यस्थिती सामान्य रहेपछि अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको हो ।

त्यसअघि मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको बुधबार र बिहीबार दुई पटक डाइलाइसिस गरिएको थियो । ओलीलाई बुधबार विहान ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारमा उनका निजी चिकित्सक डा. दिब्यासिंह शाहको टोली संलग्न थियो ।

डायलाइसिस मेसिनबाट रगत शुद्धीकरण गर्ने प्रक्रिया हो । स्वस्थ मिर्गौला भएको मान्छेको मिर्गौलाले नै रगतमा भएको विकार हटाएर शुद्ध बनाउँछ । तर, मिर्गौला ड्यामेज भएपछि रगतमा क्रिटिनिन, सुगरजस्ता चिजलाई नियन्त्रण गर्न सक्दैन ।

चिकित्सकहरुकाअनुसार सामान्यतयाः ७५ प्रतिशतभन्दामाथि मिर्गौला ड्यामेज भएपछि मिर्गौलाले काम गर्न सक्दैन् । मिर्गौला बिग्रिएको सामान्य तरिकाले थाहा हुँदैन् । एकै पटक काम गर्न छोडेपछि मात्रै मानिसमा विभिन्न प्रकारका समस्या आउँछन् । मिर्गौला जोगाउनका लागि कम्तिमा १ वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनु जरुरी मानिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ