२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैदी बन्दीको स्वास्थ्य अवस्थासहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रतिवेदन सार्वजनिक

कैदी बन्दीको स्वास्थ्य अवस्थासहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रतिवेदन सार्वजनिक


काठमाडौं–पहिलो पटक देशभरिका ७४ कारागार कार्यालयमा रहेका कैदी बन्दीहरुको स्वास्थ्य अवस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीसहितको केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन–२०८० सार्वजनिक भएको छ ।

एक समारोहबीच गृहसचिव दिनेश भट्टराई र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले एक वर्षमा ३५ हजार कैदी बन्दीलाई बहिरंग र १ हजार बढीलाई अन्तरंग सेवा प्रदान गरिएको जानकारी दिए ।

कारागार अस्पतालको सेवा विस्तारका लागि भौतिक संरचना कम भएको बताउँदैं थप शैय्या र विशिष्टीकृत सेवा विस्तार जोड दिए । उनले सेवा भौतिक संरचना र सेवा विस्तारको अभावमा ६ हजार धेरै बिरामी कैदी बन्दीलाई अन्य २३ वटा अस्पतालमा रिफर गर्नुपरेको बताए ।

कार्यक्रमका स्वास्थ्य सचिव डा. रोशन पोखरेलले पछिल्लो समय व्यवस्थापकीय सुधार भएको र अन्तर मन्त्रालय समन्वय हुँदै गएको बताए । उनले राज्यले स्वास्थ्यमा प्रशस्तै लगानी गरिएपनि लक्षित वर्गसम्म पुग्न नसकेको भन्दै स्वास्थ्य बिमामा सबै कैदीबन्दीलाई आबद्ध गर्न सके धेरै आर्थिक किफायत हुने बताए ।

गृह सचिव दिनेश भट्टराईले सिमित स्रोत र साधनका बीच पनि अस्पतालले राम्रो सेवा दिएको भन्दै प्रसंसा गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ