२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी आदेशः पौष्टिक चामल हुन पूरा गर्नुपर्छ यस्ता मापदण्ड

सरकारी आदेशः पौष्टिक चामल हुन पूरा गर्नुपर्छ यस्ता मापदण्ड


काठमाडौं—सरकारले चामलको गुणस्तर सम्बन्धि व्यवस्था परिवर्तन गरेको छ । अन्नमा आधारित पूरक आहार सम्बन्धि आदेश संशोधन गरी चामलको गुणस्तर निर्धारण सम्बन्धि आदेश, २०८० संशोधन गरेको हो ।

सो आदेशअनुसार पौष्टिक स्तरोन्नती गरिएको चामलमा सुख्खा तौल प्रति केजी आइरन ३९ देखि ७२ मिलिग्राम हुनुपर्ने व्यवस्था गरेको छ । यसैगरी, जिंक ३२ देखि ५९ मिलिग्राम, भिटामिन ए ०.८९ देखि २.२१ मिलिग्राम, फेलिक एसिड ०.२४ देखि ०.५९ मिलिग्राम र भिटामिन बी–१२ ०.००७ देखि ०.०२० मिलिग्राम हुनुपर्ने व्यवस्था गरेको छ ।

चामलाई पौष्टिक बनाउनका लागि आइरन स्रोतका लागि फोरिकपाइरोफोस्पेट, जिंक स्रोतका जिंकअक्साइड, भिटामिन ए स्रोतका लागि रेटिनाइल पाल्मिटेड वा रेटिनाइल एसिटेड, फोलिक एसिड स्रोतका लागि फोलिक एसिड र भिटामीन बी १९ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरुपहरु यौगिकका रुपमा थप गर्न सकिने व्यवस्था गरेको छ ।

यसरी चामलको स्तरोन्नती गर्दा सुख्खा तौल प्रतिकिलोको आधारमा थायामिन २.३ देखि ५.६ मिलिग्राम, नियासिन २०.५ देखि ५०.७ मिलिग्रामसम्म र पाइरिडक्सीन १.९ र ४.८ मिलिग्रामसम्म थप्न सकिने आदेशमा उल्लेख छ ।

पौष्टिक तत्व स्तरोन्नती गरिएको चालम स्वादरहित, ढुसी र किरा नलागेको, बाह्य रङ र अन्य कुरा नमिसिएको हुनुपर्ने आदेशमा छ ।
अन्य यौगिकको हकमा भने नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालयले तोके बमोजिम हुने आदेशमा छ ।

सरकारले १ साउन २०८० बाट खाद्य ऐनअनुसार पौष्टिक तत्व स्तरोन्नती गरिएको चामलमा गुणस्तरको क्षेत्र, आवश्यक गुणस्तर परिधिहरु, कन्टामिनेट्स, टक्सिन्स् तथा अवशेष, स्वच्छता सम्बन्धि व्यवस्था र प्याकेजिङ सम्बन्धि व्यवस्थाको दायरा निर्धारण गर्दै उक्त आदेश राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ