२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ

मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ


काठमाडौं—मेडिकल व्यवसायीसमेत रहेका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले शर्मालाई उनकै निवास गलफुटारबाट पक्राउ गरेको हो ।

नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेज सिनामंगलका संचालकसमेत हुन् ।

सिआईबीले सांसद शर्मालाई नक्कली प्रमाणपत्रको केसमा पक्राउ गरेको हो । ‘हामीले उहाँलाई नक्कली प्रमाणपत्रको केसमा पक्राउ गरेका हौं,’ नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले हेल्थआवाजसँग भने ।

वि.सं. २०६३ सालमा सिआईबीको प्रमुख नवराज सिलवाल हुँदा नक्कली प्रमाणपत्र लिएर डाक्टरी गरेकामाथि ‘अप्रेशन क्वाक’का नाममा छानविन भएको थियो । त्यस क्रममा केही पक्राउ परेका थिए भने शर्मासहित केही फरार भएका थिए ।

पछि उक्त केसमाथि सिलवाल सिआईबीबाट हटेसँगै थप अनुसन्धान भएन । अहिले उक्त फाइलमाथि पुनः अनुसन्धान अगाडि बढाइएपछि शर्मा पक्राउ परेका हुन् ।

पछिल्लो समय शर्मा एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले पनि राजीनामा दिएर सघाउनुपर्ने माग गर्दै आएका थिए । उनले यसमा निष्पक्ष छानविन नगरिए आफू सांसद भवनभित्रै अनशन बस्ने घोषणा गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ