२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिलका पदाधिकारी र सिआईबीका अनुसन्धान अधिकृतमाथि छानविन गर्न एनएमएको माग

काउन्सिलका पदाधिकारी र सिआईबीका अनुसन्धान अधिकृतमाथि छानविन गर्न एनएमएको माग


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसन्धान अधिकृतमाथि छानविन गर्न माग गरेको छ । सोमबार संघले एक विज्ञप्ती जारी गर्दै सिआईबीको ‘फोक्सट्रोट चार्ली’ अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दैं छानविनको माग गरेको हो ।

‘चिकित्सकको मान र प्रतिष्ठासँग खेलवाड गर्ने अधिकार कसैसँग पनि नभएको एवं यस्ता प्रकारका त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्न चिन्ह खडा भएकोले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सिआईबीका अनुसन्धानकर्तामाथि अबिलम्ब छानविन गरी कडाभन्दा कडा कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्राय समक्ष जोडदार माग गर्दछ,’ एनएमएका महासचिव डा. सन्जिव तिवारीले जारी गरेको विज्ञप्तीमा छ ।

सिआईबीले ‘फोक्सट्रोट चार्ली’ अप्रेशन नक्कली प्रमाणपत्र लिएका चिकित्सकहरु विरुद्ध चलाइरहेको छ । ‘फोक्सट्रोट चार्ली’ अप्रेशनका क्रममा २५ साउनमा डा. रन्जितकुमार यादव पक्राउ परेका थिए । अर्कै रन्जितकुमार यादवलाई पक्राउ गर्नुपर्नेमा अर्कै डा. रन्जितकुमार पक्राउ परेपछि उनलाई आइतबार सिआईबीले रिहा गरेको छ ।

उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दैं एनएमएले नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सिआईबीका अनुसन्धकर्तामाथि छानविन गरी कारवाही गर्न माग गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ