२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दैं गरेका विद्यार्थी अनुसन्धानका लागि पक्राउ

चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दैं गरेका विद्यार्थी अनुसन्धानका लागि पक्राउ


काठमाडौं—चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दैं गरेका एक जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नक्कली प्रमाणपत्र पेश गरेर एमबीबीएस पढ्दैं गरेको आरोपमा पक्राउ गरेको हो ।

‘हामीले छानविनका लागि चितवन मेडिकल कलेजबाट एक जनालाई पक्राउ गरेका छौं,’ सिआईबीका प्रवक्ता सन्जयसिंह थापाले हेल्थआवाजसँग भने, ‘काठमाडौं ल्याइदैंछ । अनुसन्धानपछि थप विवरणहरु सार्वजनिक गर्छौ ।’

यसअघि नक्कली प्रमाणपत्र बुझाएर एमबीबीएस पढेकाहरुलाई पक्राउ गर्ने क्रममा एक जना सक्कली चिकित्सक नै पक्राउ परेपछि सिआईबी सचेत बनेको छ । त्यसकारण सबै अनुसन्धानपछि मात्रै पक्राउका विवरणहरु सार्वजनिक गर्ने उसको तयारी छ ।

सिआईबीले अप्रेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर नक्कली सर्टिफिकेटधारी डाक्टरहरुमाथि छानविन गरिरहेको छ । जसमा यसअघि ८ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये सांसद सुनिल शर्मा अदालतबाट तारेखमा छुटिसकेका छन् भने एक जना सक्कली चिकित्सक भुलबस पक्राउ परेका कारण रिहा भइसकेका छन् ।

अन्य ६ जनालाई भने प्रहरीले हिरासतमा राखेर अनुसन्धान जारी राखेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ