२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकको सरकारी सेवा प्रवेशको उमेर हद ४५ वर्ष नै कायम गर्न एनएमएको माग

चिकित्सकको सरकारी सेवा प्रवेशको उमेर हद ४५ वर्ष नै कायम गर्न एनएमएको माग

उमेर हद सम्बन्धी व्यवस्था नसच्चाए कडा कदम चाल्न बाध्य हुने चेतावनी


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले चिकित्सकहरुको सरकारी सेवामा प्रवेशका लागि उमेर हद ४५ वर्ष कायम गर्न माग गरेको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै उसले संघीय निजामती सेवाको गठन, संचालन, सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ को दफा १८ उम्मेदवार हुनका लागि योग्यताको उपदफा (ग) बमोजिम पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष पूरा नभएको मापदण्ड सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

प्रदेश लोक सेवा आयोगहरुले प्रकाशित गरेको विज्ञापनहरुमा स्वास्थ्य सेवा ऐन, २०५३ विपरित विज्ञापन प्रकाशित गरेको भन्दैं ध्यानाकर्षण भएको एनएमएले जनाएको छ ।

उसले नयाँ व्यवस्थाले चिकित्सकहरुलाई सरकारी सेवाप्रति निरुत्साहित गर्ने भन्दै ४५ वर्षे उमेर हद नै कायम गर्न आग्रह समेत गरेको छ ।

एनएमएले स्वास्थ्य सेवा ऐन, २०५३ को भावना र मर्म विपरित विज्ञापन प्रकाशित गर्ने प्रदेश लोकसेवा र स्थानीय तहलाई पत्राचार गर्नसमेत आग्रह गरेको छ ।

एनएमएले संघीय निजामती सेवाको गठन, संचालन, सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ को दफा १८ उम्मेदवार हुनका लागि योग्यताको उपदफा (ग) बमोजिम पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष पूरा नभएको भन्ने व्यवस्थालाई ४५ वर्ष कायम गर्न माग गरेको छ । यदि उक्त व्यवस्था कायम नभएमा कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ