२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपरम्परागत औषधीको विकास र विस्तार गर्नका लागि अहिले उपयुक्त समय : स्वास्थ्यमन्त्री

परम्परागत औषधीको विकास र विस्तार गर्नका लागि अहिले उपयुक्त समय : स्वास्थ्यमन्त्री


गुजरात—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधीको विकास र विस्तार गर्नका लागि अहिले उपयुक्त समय भएको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र भारत सरकारको संयुक्त आयोजनामा भारतको गुजरातस्थित गान्धीनगरमा आयोजना गरिएको परम्परागत चिकित्सा सम्बन्धी डब्लूएचओ विश्वव्यापी शिखर सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गर्दै बस्नेतले परम्परागत औषधीको विकास विस्तार गर्ने उपयुक्त समय भएको बताए ।

‘परम्परागत ओषधीको विकास र विस्तार गर्ने अहिले उपयुक्त समय हो । यसमा हामीले ढिलो गर्नु हँदैन्,’ उनले भने । परम्परागत औषधीको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता पनि मन्त्री बस्नेतले व्यक्त गरे । नेपालमा ८० प्रतिशत जनता अहिले पनि ग्रामीण क्षेत्रमा बसोवास गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै उनीहरुले कुनै न कुनै रुपमा परम्परागत औषधीको प्रयोग गर्ने गरेको दाबी गर्दै सरकारले लगानी विस्तारैसँग यसको सेवाको गुणस्तर बढाउन पनि पहल गर्ने उनले बताए ।

संसारका सबै देशहरुसँग परम्परागत औषधीका क्षेत्रमा आ—आफ्ना अनुभव भएको बताउँदै मन्त्री बस्नेतले आयुर्वेदिक र परम्परागत औषधीको उत्पादनमा ज्ञान र अनुभव आदान—प्रदान गरेर सहकार्य गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।

सम्मेलनमा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडनोम गेब्रेयेससले परम्परागत औषधी र यसको विकासमा विश्वका सबै देशहरुबीच सहकार्य आयश्यक रहेको बताए ।

सम्मेलनको उदघाटन समारोहमा भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख मांडविया र केन्द्रीय आयुष मन्त्री सर्वानन्द सोनोवालले आधुनिक औषधीको प्रयोगले मात्र अवको उपचार सम्भव नहुने कुरा विगतको कोरोनाले देखाइसकेको बताउँदैं परम्परागत औषधीको विकासमा सर्वपक्षीय साझेदारी आवश्यक रहेकोमा जोड दिएका थिए ।

सम्मेलनमा सहभागी विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु र स्वास्थ्यका अधिकारीहरुले आयुर्वेदिक क्षेत्रमा उच्चस्तरीय जनशक्तिको छात्रवृति बढाउने, आयुर्वेद तथा प्राकृतिक चिकित्सामा अनुसन्धानमा सहकार्य गर्ने, दुई देशको उत्पादनलाई आयात निर्यातमा सहजीकरण गर्ने लगायतमा छलफल भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले जानकारी दिए । उनका अनुसार विश्वका विभिन्न देशहरुमा आधुनिक र परम्परागत चिकित्साको एकीकृत सेवा प्रवाहको बिषयमा विद्यमान अवस्था र नेपालको अवस्थाका विषयमा पनि छलफल भएको थियो ।

सम्मेलनमा डब्लूएचओ सदस्य देशहरुका स्वास्थ्य मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका अधिकारीहरु र अनुसन्धानकर्ता सहभागी थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ